Skip to content



चिच्चाएका सब्दले संसार झुकाउथियो भने,
सायद बिस्व उसैले चलाउथियो होला ।
कराएका स्वारले जहां लाइ नचाउथियो भने,
सायद जगत उसैले भुलाउथियो होला ।

सुकाएका घाटिले देश हल्लाउथियो भने,
सायद वतन उसैले सम्हाल्थियो होला।
झुक्कायेका वाचाले स्वदेश मौलाउथियो भने,
सायद देशलाइ उसैले कुम्लाउथियो होला ।

लुकाएका सोचले मुलुक मुर्मुराउथियो भने,
सायद राष्ट्र उसैले कुर्मुराउथियो होला।
उठाएका प्रश्नले मुलुक हर्मराउथियो भने,
सायद राष्ट्र उसैले सुमलाउथियो होला ।

सुनाएका सब्द्जालले जनता लट्ठाउथियो भने,
सायद देश उसैले हुइकाउथियो होला ।
बुनायेका भ्रमजालले नागरिक उठाउथियो भने,
सायद देश उसैले सुकाउथियो होला

सायद देश उसैले चलाउथियो होला
सायद देश उसैले सुकाउथियो होला ………..

राज भण्डारी (विवश )
दुबई-युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *