Skip to content

रहर (मुक्तक)


घरखेत बन्धकी राखेर
एउटा रहर अरब पसेको छ ।
घरखेतमै लुट्पुटिएर
अर्को रहर व्यवहारमै फँसेको छ ।
रहरलाई रहरमै राखेर
तेस्रो रहर सहरमा बसेको छ ।
आँसुको पोखरीमा पौरी खेल्दै
चेलीको रहर वेश्यालयमा खसेको छ ।
वास्तविकता
सामर्थ्य उस्ताको उस्तै छ
आवश्यकताले सगरमाथा छोइसक्यो,
महङ्गीको दुन्दुभी सुनेर
यहाँ हरेकको जीवनै रोइसक्यो ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *