Skip to content

दिन किन हुन्छ


दिन किन हुन्छ अनि, रात किन हुन्छ
चोखो माया पिरतीमै, घात किन हुन्छ

यही प्रश्नको जवाफ, म खोजिरहेछु
याँ मान्छेको बेग्ला बेग्लै, जात किन हुन्छ

काँडाले नि सोच्दो होला, ती आँखाहरूको
रोजाइ सधैं फूल या, पात किन हुन्छ

ऊ सधैं सधैं मलाई, यति मात्रै सोध्छ
मायामा नि रक्सीमा झैं, मात किन हुन्छ

–वसन्त दहाल–

Leave a Reply

Your email address will not be published. Required fields are marked *