Skip to content


सदा हुन्छन् सवै ठाउँ,
जान्नेहरू अगाडि ज।
लागु हुन्न सवै ठाउँ,
नजान्ने पछि पर्छ ज ।

प्रवेशिका अनुत्तीर्ण,
ठूलो नेता उही त छ ।
बोर्ड फष्ट हुने चाहीं,
प्राइमरी शिक्षक छ ।

हुन्न खान हरेसै त,
नजान्ने छु भनेर नि ।
केही पनि नजान्ने त,
जीव नै हुन्न जान नि ।

आत्मासित तिमी सोध,
कता छ मार्ग जान त ।
त्यही दिशा तिमी लाग,
सफलता त साथ छ ।

हनुमान थिए हेर,
डरपोक अज्ञानि नै ।
आफैँ आएन शक्ति नि,
समुद्र पार जान नै ।

२०७३.८.२२

(अनुष्टुप्छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *