Skip to content

गाह्रो भयो मलाई

  • by


पिरतीको तिम्रो भाषा पढ्न गाह्रो भयो मलाई,
बिना भाषा तिम्रो अघी बढ्न गाह्रो भयो मलाई ।

निरक्षर ब्यक्ती सँग कुनै हतियार हुन्न,
हतियार नभै लडाईं लड्न गाह्रो भयो मलाई ।

माया गर्छु तिमीलाई, तर भन्न सक्दिन म,
त्यसैले त तिम्रो मनमा गढ्न गाह्रो भयो मलाई ।

तिम्रो मन्को भिरबाट खस्छु कि म ? डराउँछु,
डरै डरले चुचुरोमा अढ्न गाह्रो भयो मलाई ।

कन्चनजंघा, अन्नपूर्ण, माछपुछ्रे चढेपनी,
तिमी रैछौ सगरमाथा चढ्न गाह्रो भयो मलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *