Skip to content

म एक हूँ (गजल)


म एक हूँ कहाँ पाउछौ हजारमा
चिहाएर हेर कतै छू तिम्रो नजरमा

कति बन्नू दुई किनार नदीको
आऊ राज गरौ दिलको शहरमा

सारै महँगो रहेछ तिम्रो माया
खारिद बिक्री गरौ बजारमा

बीचैमा समझौता तोडियो भने
क्षण भरमैं परिणत हुन्छ बगरमा

अमृत उही जो रसपान गर्छ
के दोस थियो र त्यो जहरमा ?

-१२ भाद्र २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *