Skip to content


बास्तवमा यो संसार
बैगुनी रहेछ, मुटु नदुख्दो रहेछ

चाहँदा चाहँदै पनि सबैलाई
मनको बह, नपोख्दो रहेछ

बिदेशको यो बसाइमा माया
कति छ भनेर, नदेख्दो रहेछ

छोरा छोरीलाई माया मुटुभरिको
दिदा पनि, नसक्दो रहेछ

आफनै भन्नेहरूलाई आत्मादेखि
सम्झदा पनि, नपुग्दो रहेछ

राज भण्डारी (विवश)
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *