Skip to content

उसलाई जलाउने चितामाथि

JanakSigdel


उसलाई जलाउने चितामाथि विश्वास छैन
देह र आत्माको रमितामाथि विश्वास छैन

खुलेआम रावण पञ्चवटी पस्छ र त
यहाँका रामहरूको सीतामाथि विश्वास छैन

मन्दिरबाटै बेचिन्छन शिव, जिसस, बुद्धहरू
बाइबल, कुरान अनि गीतामाथि विश्वास छैन

स्वर्ग जस्तो घर बाड्यौँ भने दबाबमा
भन्ला छोराले भोलि पितामाथि विश्वास छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *