Skip to content

नसुक्या भा मेरो आँशु


नसुक्या भा मेरो आँशु ताल बन्थ्यो अहिलेसम्म
दुनियाले के के भन्थे, झर्दा झर्दै सुख्छ धन्न
कहिले आउला तिमीलाई अंगालोमा बेर्ने दिन
तिम्रो रुप अघि बसी धोको पुर्याई हेर्ने दिन ।

नसुक्या भा मेरो आँशु …………………

उनको आँशु भल होला,मलाई सम्झी उनी रुँदा
छुटीएर आफ्नो मान्छे आफूबाट टाढा हुँदा ।

नसुक्या भा मेरो आँशु …………………

उनलाई याद आउछ होला बाहीरफेर जाँदा खेरी
भोकै छ कि भन्छिन होला मिठोचोखो खाँदा खेरी ।

नसुक्या भा मेरो आँशु …………………

सपना हो कि बिपना हो भन्छिन होला घरिघरि
झल्को आँउदा मेरै रुप देख्छिन होला वरीपरि ।

नसुक्या भा मेरो आँशु …………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *