Skip to content

चिडियाघर


शनिबार बाबुनानी चिडियाघर जाने
मिठो मिठो पकाएर उतै खान लाने ।

मयुरले नाच्छ, उफ्री हिडछ खरायो
कति राम्रो हरिण,कति राम्रो जरायो ।

निलगाई, जलगैंडा, चिम्पान्जी र हात्ती,
गर्जीरन्छ खोर भित्र एउटा सिंह मात्ती ।

बढेमानको अस्ट्रीज हेर्दै हिडछ कर्के,
लंगुर बाँदर कराउने फुरफुर गर्छ लोखर्के ।

माछा हेर,चरा हेर थरिथरि रंग,
तिमी जस्ता फुच्चाफुच्ची पर्दारैछन दंग ।

मलसाप्रो, दुम्सी,स्याल मकै चोर्ने भालु,
आफ्नो तागत देखाउदै गैंडा बन्छ ठालु ।

घमाई रमाई नपाएनी जंगलमा चर्न,
कति बिधि मोटाएको हेर बाबै अर्ना।

चोरी चोरी खसी खान्थ्यो त्यसले हाम्रो गाउँमा,
बाघ कसले समाई ल्यायो लौ न यस्तो ठाउँमा ।।

काजिंदाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *