Skip to content

कोहलपुरमा सुनिए दिनेश अधिकारी

20161224_KapilAnajan-News-01


कोहलपुर, ९ पुस २०७३

वरिष्ठ कवि, गीतकार तथा नेपाल सरकारका पूर्व सचिव दिनेश अधिकारीको बाँकेको कोहलपुरमा टिकटमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको सो कार्यक्रममा करिब ५००भन्दा बढी टिकट बिक्री भएको छ । दिनेश अधिकारीलाई सुन्न २०० हलभरि मान्छे खचाखच भरिएका थिए ।

कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, अछाम, कैलाली, दाङ, सल्यान, दैलेख लगायतका जिल्लाहरूबाट कविहरूको उल्लेख्य उपस्थित रहेको थियो । बाँकेमा पहिलो पटक उनेको टिकटमा कविता वाचन कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए । उनले दर्जनबढी समसामयिक, देश, परिवेश र माया पिरतीका कविताहरू र केही गीतहरू पनि वाचन गरेर सुनाएका थिए । उनले आफू सरकारी सेवामा रहँदा ती सिर्जनाहरू लेखेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं कथाकार सनत रेग्मीले यस्ता टिकटमा गरिने कार्यक्रमहरूले कवि र कविताको सम्मान हुने बताए । अब रचनाले पनि उचित मूल्य पाउन वातारण तयार गर्न लागि पर्ने प्रष्ठिानमा सल्लाहकार सागर गैरे र शंकर अशान्तले बताए ।

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ११ हजार राशिको पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ले सम्मान गरिएको छ ।

नोट
कार्यक्रममा उनले वाचन गरेका केही कविताहरू तल रहेका छन् ।

नीलो बह
ठूला मान्छेसँग सानो प्रश्न
हर्कबहादुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *