Skip to content



बांदारे हरूको तितो खेल ले रोयो यो मन
तुच्छ जनावर हरूको मेल ले खोयो यो मन

दिनहु सुन्छु केही त होला बदलाव देशको भनेर
त्यही खबर प्राया जसो दोहरिदा तोयो यो मन

आशा र अपेक्षा जति मरुभुमी को खडेरी झै
बंजर र उराठ जस्तो देखिदै जादा छोयो यो मन

खुसी र उमङ का ती चाहाना तपाईं हामी जनताहरूको
त्यसै बाडी पहिरो ले बगाएको देख्दा धोयो यो मन

आउने दिनका अपुर्णिय खाडल हरूको गहिराइ देख्दा
यो जीवन नै सन्ताप ले भरिदै मेरो सोयो यो मन

राज भण्डारी ( विवश)
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *