• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

भ्यागुता टर्टराउँछन्

editor — Wed, 12/28/2016 - 04:20

  • हास्यव्यङ्ग्य
  • पुन्य कार्की

वर्षाऋतुमा भ्यागुताहरू धेरै टर्टराउँछन् । जब शरदको उज्यालो घाम उदाउँछ तब भ्यागुताको आवाज मलिन हुन्छ । वर्षात्को रिमरिम झरीमा भ्यागुताहरू चौपट्टै कराउछन् । तर झरी थमिएपछि डोबिल्के कुवामा पानी सुक्छ त्यसपछि भ्यागुताको आवाज घट्न थाल्छ । अँझ हिउँदका चीसा रातमा त भ्यागुताको जीवन्त ध्वनि सुन्न पनि पाइँदैन । अहिले जताततै भ्यागुतामात्र कराइरहेका छन् । सत्तासुन्दरीको आङबाट मनीमांसलको रिमझिम वर्षा चुहिरेछ, भ्यागुताहरूको आङमा; अनि उनीहरू घोक्रो फुट्ने गरी टर्टराइरहेछन् । काञ्चनकामीनी स्वादले आपूरित छ उनीहरूको जीव्रो; अनि त कान खाने गरी कराइरहेछन् ।

भ्यागुताहरूको स्वभाव हो, अलिकति फोहोरै सही पानीको डोबिल्कोमा थुतुनो भिजाउन पाएपछि मानिसलाई अत्यास लाग्ने गरी कराइदिन्छन् । वर्षे झरीमा टर्टराउनुदेखि बाहेक भ्यागुताको अर्को जन्मजात स्वभाव हो, अहमूले फुल्नु । सानैमा घमण्डी भ्यागुताको कथा सुन्न खुब मजा लाग्थ्यो । तर कथाको प्रतियमान अर्थ अर्थात् व्यञ्जनात्मक अर्थ के हो ? त्यतिखेर राम्ररी थाहा पाएको थिइनँ । तर त्यो कथाका लक्षणाहरू अहिले थाहा पाउन थालेकोछु, त्यो कथाको व्यङ्ग्यार्थभाव अहिले बुझ्न थालेको छु । कथाले भन्छ –एउटा सानो कुवामा एउटा भ्यागुतो वर्षौदेखि बस्तै आएको थियो । ऊ कुवाबाट एकदिनपनि बाहिर निस्केको थिएन । ऊ कुवालाई नै संसार ठान्थ्यो । आकारमा अरु भ्यागुताभन्दा ऊ ठूलो थियो । ऊ त्यहाँको माउ भ्यागुतो भएकोले अरु भ्यागुताहरू उसका बच्चा न थिए । ऊ आफूभन्दा जान्ने, सुन्ने, माप्पाको र ठूलो संसारमा अरु कोही छैनन् भन्थ्यो । उसका कुरालाई अरु भुरा भ्यागुताले सजिलै पत्याउथे । किनभने माउ भ्यागुताको भुँडीभन्दा ठूलो भुँडी भएको अरु जीव उनीहरूले देख्न पाएका थिएनन् ।

एकदिनको कुरा हो, एउटा बाच्छो चर्दै चर्दै त्यही कुवा नजिक आइपुग्यो । दिनभरि घाँस चर्दा चर्दा ऊ खुब तिर्खाएको थियो । कुवामा सङ्लो पानी देखेर बाँच्छो त्यतातिर लम्क्यो । भुरा भ्यागुताहरूको बीचमा खलबली मच्चियो । जिन्दगीमा त्यति ठूलो भुँडी भएको प्राणाी पहिलोचोटि देखेका थिए । उनीहरूले आफ्नो माउ भ्यागुतो नै संसारको सबभन्दा ठूलो प्राणी हो भन्ने ठानेका थिए । बाँच्छोलाई देखेपछि उनीहरूको सोचाइ खण्डित भएको थियो । साना भ्यागुताहरू खलबली मच्चाउँदै कुवाभित्रको कुरमा पसे, जहाँ माउ भ्यागुतो बसेको थियो । उनीहरूले माउ भ्यागुतोलाई सुनाए, आज हाम्रो कुवामा यामानको भुँडी भएको जन्तु आएको छ । जुन तपाईभन्दा धेरै ठूलो छ । साना भ्यागुताका कुराले उसको अहम्मा धक्का लाग्यो । हतारहतार कुरबाट बाहिर निस्केर देखाओ त कहाँ छ त्यो ? भन्यो । उनीहरूले पानी प्यूँदै गरेको बाँच्छालाई देखाइदिए ।

माउ भ्यागुतोले भुरा भ्यागुतालाई हकार्दै भन्यो, नाथुको भुँडी कुन ठूलो छ र ? म त्यसकोभन्दा डबल ठूलो भुँडी बनाइदिन सक्छु । साना भ्यागुताले हेरौँ त भने । उसले सास रोकेर भुँडी फुलाउँदै गयो । फुलाउँदै गयो । बाँच्छाकोभन्दा ठूलो भुँडी बनाउनलाई फुलाउँदै जाँदा अचानक भुँडी पड्किएर कुवाभरि आन्द्राभुँडी छरिए । माउ भ्यागुतो फुलिँदा फुलिँदै मरेको घटनाले साना भ्यागुताहरू दुःखित भए ।

कथाको सांकेतिक शिक्षाले भन्छ –बढी टर्टराउृने र अहम्ले फुल्ने भ्यागुताको गति यस्तै हुन्छ । साँच्चैको भ्यागुताको कथा समाजरुपी कुवाका मनुजरुपी भ्यागुताहरूले कत्तिको बुझेका होलान् । बुझेका भएदेखि त उनीहरू चिच्याएको सुन्नु पर्ने थिएन । उनीहरूका कर्णविवर बिझाउने टर्टराहटले आतंकित हुनुपर्ने थिएन ।

अहिले भ्यागुताहरूका निरस आवाजहरूको व्याप्ती छ चारैतिर । कर्णप्रिय आवाज दिने प्राणीहरू, चराचुरुङ्गीहरू बिदा भएका छन् यहाँबाट । देशको राजनीतिमा हेर्छु सुमधुर ध्वनि निसृत गर्ने प्राणीहरू ओझेल परेका छन् । त्यहाँ तिनै अहम्मा फुल्ने प्यान्टे भ्यागुताहरूको टर्टराहट गुन्जिएको छ । शिक्षामा भ्यागुताहरूकै चर्को रजाइँ छ, साहित्यमा झन् बेमौसमी भ्यागुताहरूले चर्कोचर्को नाद फालिरहेका छन्, शासनमा प्रशासनमा भ्यागुताहरूकै बोलवाला छ । संचारदेखि भन्सारसम्म भ्यागुताहरू नै टर्टराइरहेछन् । चौतर्फी गुन्जिएको भ्यागुताहरूको आवाजले सुन्दर सुमधुर चराहरूको संगीतलाई विस्थापित गरिरहेको छ । यो अपशकुनको दृश्य हामीले कहिलेसम्म हेरिराख्नु पर्ला । अत्यास लाग्छ, वित्याँस जाग्छ ।

अनि भ्यागुताको विषयमा अर्को उखान पनि छ –तुलोमा जति नै भ्यागुता थुपारेपनि धार्नी कहिल्यै नपुग्ने भएकोले हाम्रा पूर्वजहरूले भनेका होलान् –“भ्यागुताको कहिल्यै धार्नी पुग्दैन ?”भ्यागुता धार्नी त के बिसौली, हमाली, सेर, सवासेर त के एक बोडी पनि हुन सक्तैनन् । कारण एउटा भ्यागुतो टिपेर तुलोमा हाल्यो । अर्को तुलोबाट उफ्रेर ओर्ली हाल्छ । तर के गर्नु यहाँ यतिखेर धार्नी नपुग्ने भ्यागुताकै ठूला कुरा छन्, भ्यागुताकै सानमान ठूलो छ ।

भ्यागुताकै विषयमा रचिएको अर्को उखानले म भ्यागुतो पूराण अन्त्य गर्न चाहन्छु र उखानले भन्छ –माछो माछो भ्यागुतो । हामीले लामो समयदेखि माछाको याचना गरेका हौँ । माछाको प्राप्तिमा हामीले साधना गरेका हौँ । माछाको निम्ति हामीले समाज रुपान्तरण विप्लवी योजनाहरू कोरेका हौँ । तर जति नै माछाको निम्ति आकाँक्षारत भए पनि हाम्रो भागमा अन्तिममा भ्यागुताको थुप्रो ............... !

  • 1
  • 2
  • 3
  • 4
  • 5
You voted 2. Total votes: 776
  • 699 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 3 hours ago
  • सानो आग्रह गरे है सर
    1 day 22 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 7 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    6 days 22 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 1 hour ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 4 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 5 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • भ्यागुता टर्टराउँछन्
  • बोध: एक दर्शन
  • चेतनाको उचाइ
  • बाढी
  • म मानव हुँ
  • मुक्तक (हृदयभरि मलाई)
  • कर्ण
  • मिठो बोली बोलेर
  • आऊ मीठा कुरा गरौं
  • हिँड्छु
  • आनाकानी गर्छौ किन
  • विनास काले विपरीत बुद्धि
  • म पानी हुँ
  • आमा
  • तिमीसँग माया लाउन
  • मेहनतको सुवास
  • प्रेमकविता
  • “इजरायलीभूमिमा नेपाली कलमहरू” र “लुङ्मारी मिथक” विमोचित
  • भरदुतिया (लघुकथा)
  • किन मिल्थ्यो मन सबैको आक्रोस आफ्नो आफ्नो
  • प्रकृति तिमी
  • ‘नेपाल उज्यालो हुन्छ कि ?’
  • खाडीदेखिनै पैदल स्वदेश यात्रा !
  • चित्तको सङ्कल्प, समर्पण अनि वुद्धत्व
  • प्रर्देशबाट आमालाई चिट्ठी
  • इस् खा आजको राशीफल (लघुकथा)
  • म हिउँ
  • टाढा टाढा जानु छ साथी
  • बाठा मच्छडहरू
  • नया देशभित्र मेरो गाम खोज्नु छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित