Skip to content

एउटा सानाे गाउँ थियाे ,गाेरेकाे सुन्तली सँग संसार बसाउने दाउ थियाे । बजाईयाे बाजा दुबै तर्फबाट ,नाचे मान्छेहरू भाँचे कमर ,ठिटा तरूनिकाे छुट्टै माहाल थियाे ,बुढापाकाहरू पनि गुट गुट बनेर गफ गरिरहेका िथए काेही भन्दै थे भाग्यमानी रहिछे केटी राम्रो खान्दानिया असल लाेग्ने पाई । काेही थ्पदै थिए केटी पनि त असल मेहनतीली छ ।भाग्यमानी रहेछन दुवै उत्कृष्ट जाेडी हुनेछ यीनीहरूकाे ।अाहा कति मिलेकाे जाेडी ! तर भएन गाेरे त्यो भाग्यमानी जसले रङगाउन पाअाेस सुन्तली काे सिऊदाे अन्माउन पाअाेस उनकाे त्याे डाेली । बिहे भयाे सुन्तलीकाे पल्लाे गाउकै मुखियाकाे छाेरा जाे लाहुरे भएर पहिलाे छुटि्ट अाएकाे थियाे । बिचरा मर्याे गाेरे काे त्याे भर्खरै टुसाएकाे प्रेमकाे मुना । बेला बेला गुन्गुनाउथ्याे निष्ठुरीले बाेटाे लाग्दा अाँखा तरि गएपछि मनमा पिर त पर्ने नै भयाे याे मन त्यसै मर्ने नै भयाे ।
मानव स्वभाव पनि बिछ्टैकाे हुदाे रहेछ
अाफुले पाएका अनेकौं उप्लब्धीलाई बिर्सिएर अाफुले गुमाएकाे एउटै बस्तु प्रती धेरै अाशक्ती भएर बस्छ ।
हप्तौं बिते महिनाै बिते सुन्तलीकाे बिहेभए पछी छाेड्याे गाेरेले पनि गाँऊ ,मरे जिम्दाे काे केही अताे पत्ताे भएन गाेरेकाे ।
सुन्तलीका पनि दिनहरू बितदै गए ,नव बेहुलासँग छुटीनुकाे पीडा त छदै थियाे त्यस भन्दा पनि उसलाई बेला बेला चिमाेटने गर्थाे गेराे काे यादले अनि गाेरे बेपत्ता भएकाे खबरले ।कति पटक त सपनामा पनि झस्की सकेकी थिई । बेला बेला लाेग्नेले फाेन गर्थाे मिठामिठा सपना सजाउदे प्रणय ले भरिएका गफहरू गर्दै कयौंपटक रात काटेरै उज्यालो बनाउथे तर अाफ्नाे मन उज्यालो बनाउन सकिन सुन्तलीले ।

पाँच बर्ष भएछ सुन्तलीकाे बिहे भएकाे तर उसले बाजे बज्जैकाे काखमा नाति नातीना दिन सकेकी थिईन लाहुरे बेला बेला छुटिमा अाउथ्याे उसलाई माया भन्दा बढि डर देखाउथ्याे दाेस्राे बिहेकाे कतिपय रातहरू रकसीले मातीदै अाएर बजार्थ्याे अाफ्ना हात र लातहरू ति निरही महिलाकाे शरिरमा अनि महसुस गर्थ्याे अाफुले अाफुलाई वीर गाेरखाली ,वीर पुरूष र अाफ्नाे मर्दाङगीनीमा गर्भ गर्थाे हाेला सायद ।अनि भन्दै गयाे त थारि, बाझी ,बेश्या अनि मुखमा जे अाउछ तेही…..

एक दिन अचानक चठ्ठी अायाे सुन्तलीलाई कुनै अपरिचित काे रहेछ ।लेखीएकाे थियाे
म जुन शब्दले सम्बाेधन गर्न चाहान्थे ती शब्दहरू काे त लीलाम गरिदयाै तर यादहरू अझै बिकाउन र साटन सकेकाे छैन। मेराे अाशाले भरिएको गाग्रो फुटयाे त्यही दिन जुन दिन तिमी पराई भयाे त्यो क्षण म अाफै टुटेको थिए फुटेको थिय ।मन त थियो अाफ्नै जिन्दगीको नाम निशान मेटाई दिऊ र अाफैलाई अतीत बनाई दिऊ ।अाखीर अतीत भएर गएर त के पाउ्थे र बाचंे भनेत तिम्रो खुशी देख्न सक्ुला भन्ने साेच्थे एक मन । हिजाे निश्चित सिमा भित्र सिमाङकन गर्ने नसकेकाे हाम्राे सम्बन्ध ले गर्दा म प्रती गाउले सबैले दयाकाे नजरले हररे भन्न थाली सकेका थिए बिचरा गाेरे ,प्रिय तिमीलाई थाहा छैन दयाकाे दयरामा बाच्नु गार्‍हो हुन्छ भनेर
ती दिनहरू अझै मेराे मष्तिस्कमा ताजै छन जाे पराईले तिम्रो सिउदँाे रङगाएका दिन हरू कस्तो छट्पटी र बेचैनीमा बाचेकाे थिए , बियाेगका प्रेम कथाहरूमा पढेकाे ती असम्भव जस्तो लाग्ने अवस्था हरू अाफैले भाेगेकाे थिए,
बिस्तारामा पल्टीयर सुतेकाे हुन भय तर सुतेकाे छु तर अाँखाका परेली पनि नदिका दुई किनार झै भईदिई दिनेछन याे कस्तो बेचैनी भाेग्दै छु प्रिय खाना खान बाेलाउने मान्छेलाई खाईदिउ झै झाेक चल्छ तर हातले टिपेर एक सिताे भात मुखमा राख्ने अाँट अाउदैनथाे ,अरू हाँस्दा पनि मलाई देखेरे हाँसेकाे जस्तो भान हुन थालीसकेकाे थियाे जति सुकै सकारात्मक साेचका पुस्तकहरू अबलम्वन गर्न खाेजे पनि ,अात्मअालाेचना काे मरूुभुमीमै रुमलीरहे , अतीत लाई काेटटायर किन किन तिम्रो वर्तमानलाई नमिठाे बनाई दिउ, रहर र खुसिका उमङगले भरियकाे तिम्रो त्याे शहरूमा किन पश्चात् रूपी अशिना झारि दिउ, तिमीले भुली सक्यौं हाेला मलाई लाउरेकाे त्याे न्यानो माया र त्याे ठुलाे खान्दानीया घरकाे रहन सहनमा तर मैले भुल्न सकिन , माया यो धारा को पानी जस्तो रहेनछ जो चाहेकाे बेला खाेल्न र बन्द गर्ने सकीयोस माया त मुल को पानी जस्तै रहेछ जो चाहेयर बन्द गर्न नमिल्दो रहेछ त्यसैले अाज सम्म पनि तिम्रो यादले सताई रहन्छन् बेला बेला।त्यसैले तिमीलाई फेरि भन्न मन लाग्छ ;माया गर्ने मुटुले हाे जातते हाेईन
उही तिम्रो अतीत गाेरे।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *