Skip to content

मैले यो के देखे ?

Maile Yo Ke Dekhe by Onic1


(अवस्था : बिछोड भैसकेको प्रेमिकालाई अचानक एकदिन देख्दा)

आज, बाटोमा हिडेकी मेरी प्राण देखें,
तर धेरैपछि उनको त्यो मुस्कान देखें,

हिमनदी झै चाल, सुस्तरी सुसाउँने,
तर कमलो छातीमा दरो चट्टान देखें,

चन्द्रमा झै मुहार, अत्ति नै रूपबति,
तर त्यो ओठमा घृणाको मुहान देखें,

मलाई त्यागी, असल भेटेकी थिई,
तर त्यो जिन्दगी देखि हैरान देखें,

बांङो हिड्ने मन, सोझो बाटोमा,
तर नयाँ अनियन्त्रित उडान देखें

अन्तष्करणमा निर्मल रहर उम्रिने,
तर गतिमान मुटुमा चिहान देखें,

चिप्ला महलमा रम्ने पद बिन्दुहरू,
तर बतासमा नाँचेको मचान देखें,

बेदाग जिउ, स्वच्छन्द आकाश झै,
तर असिनाले चुटेको निशान देखें,

– Onic Agyat
-Jiwan Yatrama (Facebook Page)


Leave a Reply

Your email address will not be published. Required fields are marked *