Skip to content

कल्पनाको गगन


कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न
कहिले होला त्यो दिन जब होला मिठो मिलन

साउने झरी कुर्लीकुर्ली भदौ पनि लाग्यो
लाग्छ शरद हट्छ झरी किन्तु आँसु झरी भइरह्यो
आँसु कहिले थामिने मनको घाऊ कहिले पलाउने हो
कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न

पिर लिई दुब्लाएर छैन भोक निद्रा
खोक्रो जस्तो शरिर भई छिया-छिया मन भो होला
मनको पिर गाएर रुँदी हौली एक्लै बसेर हो
कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न

बन्धनको क्यानरीले गाउँछ मिठो गीत
सुखी छ कि दुखी छ त्यो थाहा कल्ले पाउन सक्छ र
देख्छ सबले हाँसेको देख्छ कल्ले मन जलेको
कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न

स्वर – बच्चु कैलाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *