Skip to content

हुन्छ प्यार (गजल)


मुसुक्क हाँसिदिदा हुन्छ प्यार
मेरो कोमल मुटुको हुन्छ शिकार

डर लाग्छ पराई हैन आफन्तको
सानो सियो पनि हुन्छ तरबार

तिम्रा छोटाछोटा कपडाको टालो
देख्दापनि खराब हुन्छ विचार

दुखमा एक्लै भए सुखमा हजार
खुशीहरू बाड्न पो हुन्छ तयार

लुटिए पछि ईज्जत चेलीको सधै
बदनाम भई दिऊसै हुन्छ अन्धकार

गजलकार – लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ झापा
हाल – सुनधारा अध्ययन
कार्यक्षेत्र – धनगडी उप. कैलाली नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *