Skip to content



कसैले यो मन खारेर गयो
मुटु मेरो मारेर गयो

निष्ठुरिले दिल खराउदा
जीवन मेरो तारेर गयो

उनैको मायामा सर्वस्व सुम्पदा
मनको ढोका बारेर गयो

मनिसै मानिसको संसारमा
आज एक्लै पारेर गयो

बाकी बचेको यो जिन्दगिलाइ
औलाएको फुलझै झारेर गयो

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.-४ नवलपरासी
हाल
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *