Skip to content

जीवनको रहर न सोध मलाइ



जीवनको रहर न सोध मलाइ
उडि हिड्ने चाहको भवसागर छ मेरो
यसको मुल्य र मान्यता नसम्झाउ मलाइ
उमंग र उत्साहको जलसागर छ मेरो

तुलामा जोख्ने दुस्साहास थियो तिम्रो
बसिभुत भावना केर्ने प्रयास थियो तिम्रो
समर्गमा भन्दा घेर्ने कुप्रयास थियो तिम्रो
आत्मा बललाई जेर्ने सप्रयास थियो तिम्रो

आंधीबेरीको बबण्डर संग जुध्ने साहास छ मेरो
परिस्तिथिवश उत्पन्न तुफानसंग लड्ने साहास छ मेरो
तिमि जस्ता खोले बाघ संग उठक बैठक गर्दै
जिन्दगीलाई अझ अगाडि बडाउने साहस छ मेरो

राज भण्डारी {विवश}
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *