Skip to content

कुरा उडाएको देखे फेसबुकमा



कुरा उडाएको देखे फेसबुकमा
डाहाले होला कुर्लाएको देखे फेसबुकमा

त्यहा पनि मपाइत्वको गन्ध आयो मलाइ
सद्बुद्धिको कमीमा फुर्केको देखे फेसबुकमा

सोच र मानसिकता हुन्छन भिन्न भिन्न
बिनासित्ती त्यसै उफ्रेको देखे फेसबुकमा

काम थिएना त्यहा जताउन कसैलाई व्यंग
फेरी पनि त्यसै सुर्केको देखे फेसबुकमा

ठुला बडाहरूको सोचनै अजिब गरिबका
संजालमा त्यसै पड्केको देखे फेसबुकमा

राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४- नवलपरासी
हाल दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *