Skip to content


गनगने घरका जनका कुरा
कचकचे पनका कति साँगुरा
ङुरङुरी सुरिकै सरि चालका
कपटका घरका कपटी कुरा ।

कुटिल ती घरका जनका कुरा
जटिल वक्र छुरा सरि धारिला
अतिव क्रोधित दम्भ अचम्मको
तम गुणी घरका नमिठा कुरा ।

सुजनका घरका जनका कुरा
कति मिठा रसिला समभावका
गुणमयी विनयी सुबिचारका
सतगुणी घरका मृदुला कुरा ।

(द्रुतबिलम्वित छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *