Skip to content

सानी नानी (बाल-गजल)


असाध्यै राम्री हाम्री सानी नानी
ठुलालाई आदर गर्ने राम्रो बानी ।

भनेको मान्ने यिनको आफ्नो बानी
पढी-गुनी ठुली हुने हाम्री सानी नानी,

साथीलाई साथ दिने यिनको बानी
झुटोलाई झुटै भन्ने सानी नानी ।

जाडोबाट बच्नुपर्छ भन्ने नानी
अरुलाई बाडेर खाने राम्रो बानी ।

सधैँ अर्काको दुःख बुझ्ने नानी
सबको हित चिताउने राम्रो बानी ।

नन्दलाल आचार्य
तपेश्वरी–१,उदयपुर
मो. नं ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *