Skip to content

झापाबाट नेपाली कथाको परम्परामा नवराज घिमिरे (२०११) को नवप्रवेश भएको छ, उनको कण्ठश्री नामक प्रस्तुत कथाको सँगालो यस कुराको प्रमाण हो । सर्वप्रथम म उहाँलाई आगामी दिनमा पनि यस्तै नयाँ नयाँ कथाहरु लेख्तै जाने र जोहो गर्दै जाने काम जारी रहोस् भन्ने शुमकामना दिन चाहन्छु ।
कथाकार घिमिरेका यी साना कथाहरु नयाँ बान्की र ढाँचामा पनि कथाहरुको रुप निर्माण हुन सक्छ भन्ने कुराको साक्षीका रुपमा छन् । यी कथामा झट्ट हेर्दा नेपाली भाषामा प्रचलित अधिकांश उखानलाई नै शीर्षक बनाइएको देखिन्छ तापनि यी कथाहरुमा कथाकार घिमिरेले नेपाली समाजमा प्रचलित कतिपय तिनै उखान र टुक्काहरुको स्वरुपलाई सानातिना कथाको आकारमा ढालेका छन् र समयसापेक्ष रुपमा यिनलाई कथाको आकार दिएर एउटा नयाँ ढाँचा पेश गरेका छन् । उखान र टुक्का भनेका कुनै पनि भाषाका ज्यान हुन् । तिनले भाषालाई सिँगारेको हुन्छ, तिनबाट भाषा सिँगारिएको हुन्छ । तिनको प्रयोगले भाषाको ओज बढेको हुन्छ । उखान टुक्का भनेका लोकका सम्पत्ति पनि हुन् र भाषाका अलंकार पनि हुन् ।
यस्ता भाषिक गहनालाई कथाका माध्यमबाट स्वाभाविक रुपमा पेश गर्नु कथाकार घिमिरेको कथाचातुर्य हो । यो प्रवृत्ति कथाको इतिहासका लागि नौलो पनि हो । उख्खान टुक्कालाई वाक्यमा प्रयोग गरिने परम्परा पुरानो भए पनि तिनलाई कथामा समावेश गरेर सार्थकता दिनु भनेको नवराजको नवप्रयोग नै मान्नुपर्छ । यिनलाई पाठकहरुले पनि रुचाउलान् र नेपाली कथाको आँगनमा नयाँ स्थान पाउलान् भन्नेमा मलाई विश्वास छ । कथाकार नवराज घिमिरेलाई बधाई पनि छ ।
—होम सुवेदी

हराइसकेका पुस्तकको भूमिका भने मेरो कम्प्युटरमा रहेछ । यसलाइ मझेरीमा समावेश गरेर सुरक्षित गर्न मन लाग्यो ।

कण्ठश्री को भूमिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *