Skip to content

प्रकाश छर्ने जून बने पो राम्रो


प्रकाश छर्ने जून बने पो राम्रो
शान्ति छार्ने धुन बने पो राम्रो

सुन्नुस नेताजी कान थापेर
भोकालाई नून बने पो राम्रो

मर्नु कि बाँच्नु दोधारे कालाई
जिउनलाई गुन बने पो राम्रो

चारैतिर पाइने मिसावट आज
अकबरी त्यो सुन बने पो राम्रो

गिद्धे नजर राखेका छन छिमेकी
खाली पार्ने घुन बने पो राम्रो

लाक्पा शेर्पा समर्पित
काठमान्डौ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *