• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

एफबीको प्रेम

केडी रेम्नीसीङ — Sat, 01/21/2017 - 16:12

  • सामाजिक कथा
  • केडी रेम्नीसिङ

कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले एक स्माइली र ‘वाउ’सँगै पठाएँ । केही वेर रिप्लाई आएन । कलेजको साथीसँग कुराकानी सुरु गर्दै थिएँ रिप्लाई आयो,‘किन वाउ चाहिँ?’ लेखेँ, ‘सो यु आर नाउ ट्वेन्टी फाइभ इयर्स, आइम टू ।’ तुरुन्त एक स्माइली आयो र केही छिनमै, ‘बट यु आर टु लेट, आइम अल्रेडी इङ्गेज्ड’ जवाफ आयो । ‘हेहेहे......’ लेखेँ अनि साथमा ‘ह्याभ यु गट एनि यङ्गर सिस्टर?’ भनी पठाएँ । जवाफमा ‘सिल्ली ब्वाय’ भनेर लामो हासो पठाइन् ।

यस्तैमा ‘मेरो फेसबुक खोलिदिनु न’ भन्दै एक अधबैंशे महिला आइन् । मैले उनलाई महिला भनेर सम्बोधन गरिराख्नु पर्दैन होला सायद, उनी मेरै नजिककी जानकी दिदी हुन् ।

‘किन दिदी?’

‘मेरो श्रीमान् विदेशमा छ उसको नि फेसबुक छ रे त्यसैले ।’ नजिकै कुर्सीमा बसिन् ।

‘अनि चलाउन जान्नुहुन्छ त?’

‘मोबाइलमा त चलाउन सक्छु होला । मेरो साथी छ नि कुसुम, उनले चलाउने गर्छ, म पनि ऊसँगै सिक्ने ।’

मैले उनको फोन नम्बर र एउटा पासवर्ड हालेर फेसबुक आइडी बनाइदिएँ, अनि मोबाइल नम्बर कन्फर्म गरेपछि उनको एउटा फोटो पनि प्रोफाइल पिक्चर बनाइदिएँ । पासवर्ड लिएर उनी धन्यवाद भन्दै कफिको अर्को अडरमा लागिन् । मेरो पनि काम सिद्धिएकोले लगआउट गरेर अर्कै कुर्सी तानेर बसेँ । कफिको चुस्कीसँगै दिदीले कुरा फेरि सुरु गरिन् ।

‘अनि भाइ कहिले काठमाण्डौ फर्किने?’

‘अब मेरो क्लास अर्को महिनादेखि लाग्छ, त्यसैले यो महिनाको अन्तिमतिर होला ।’

‘ए, ल ल राम्रो पढ्नु, हामीले त बेलैमा बिहे गरेर पढाई छोड्यौँ ।’

‘हो त नि है, तर लव गरेर बिहे गर्नु भा त हो नि, त्यो पनि भागि भागि ।’ अलि हाँसेँ ।

‘हो नि, त्यो पनि पन्ध्र वर्षमै, बाबा ममी धनी भएकाले केही कुराको कमी थिएन । तर बिहे गरेर जाँदा पो थाहा भयो अभाव भनेको त । त्यसमाथि बिहेको एक वर्षमै छोरा जन्मेपछि के खोज्नु अरु त’ मज्जाले हासिन् ।

‘कति कक्षादेखि पो छोड्नु भा’को?’

‘नौमा पढ्दै थिएँ नि, जिन्दगीका मजाहरू कहाँ लुट्न पाइयो र त । फेरि प्रेम भनेको राम्रो नबुझ्दै बिहे भो, अहिले म बाइस वर्षमात्र भएँ तर छ वर्षको छोराको आमा । हेर्नून अनिसा दिदीलाई, ऊ चौविस वर्षको भई तर स्कुटीमा कलेज जान्छे रे काठमाण्डौमा । खास कति पुगेको उसको पढाई चाहिँ?’

‘उहाँ त कीर्तिपुरमा डिग्री पढ्दै हुनुहुन्छ नि ।’

‘मेरो मात्र खप्पर फूटेको, डिग्री गरेकै छ वर्ष भइसक्यो.....हा हा हा ।’

बोलक्कड दिदीसँग छुटेको तीन हप्ता पछि म काठमाण्डौ लागेँ । यसवीच म तीनचोटी कोलाम साइवर क्याफे आएँ तर जानकी दिदी आइनन् । डिप्लोमाको अन्तिम वर्ष पढ्न लागेकोले मैले झोलाभरी सपना बोकेको थिएँ, किनकि मेरो सहरबाट आउँदा होस् या सहर जाँदा कोशेली, खाजा केही बोक्ने बानी थिएन । म घर आउँदा भाइ र बहिनी ढुक्कले आफ्ना काम गरी बस्थे किनकि मेरो गोजी या झोलाबाट उनीहरूका लागि केही निस्कने वाला छैन भनेर ।

काठमाण्डौ पुगेको करिव छ महिनापछि एक दिन जानकी दिदीको फोन आयो । उनीहरू आमाछोरा त काठमाण्डौ आइसकेका रहेछन् । काठमाण्डौ आको पन्ध्र दिन जति भएको र हाल दिदीसँगै एउटै घरमा छुट्टै कोठा लिएर बसेको पनि कुरा गरिन् । छोरा पढाउन बुढोले काठमाण्डौ बोलाको भनेर मलाई भोलि शनिवार भेट गर्न बोलाइन् । फोन राख्दै भनिन्, ‘भाइको धेरै याद आको छ जसरी भए नि आउनु पर्छ है, एउटा विशेष काम पनि छ ।’

भोलि दिउँसो दिदीको कोठा पुगेँ, दुवै दिदी बहिनीसँगै भेटिए । उनीहरूका विचमा छोराले मात्र होइन आमाले पनि पढ्ने कुरामा सहमति भइराखेको थियो । मैले पनि थप सम्झाएपछि जानकी दिदी प्राइभेट एस.एल.सी. पढ्ने कुरामा सहमत भइन् । श्रीमान्को आज्ञा मात्र बाँकिरह्यो । चिया र पप खाँदै गर्दा अनिसा दिदीको मोबाइलमा फोन आयो । जवाफमा भन्दै हुनुहुन्थ्यो, ‘ओके, म १० मिनटमा त्यहाँ आइपुगेँ ।’ फोन राखेपछि हतारिनु भो ‘एउटा सानो मिटिङ छ, जान्छु ।’ जानकी दिदीले भनिन्, ‘त्यो मिटिङलाई हामीसँग नि भेटाउनु है ।’ स्कुटरको चाबी लिदैँ, ‘अहिले तँलाई’ भनेर निस्कनुभयो । स्कुटरको आवाज टाडिदै गएसँगै हामीले आफ्नो काम सुरु गर्योँ । काम के थियो भने मैले जानकी दिदीलाई फेसबुक चलाउन सिकाउने । उहाँको लागि विदेशबाट सामसुङ ग्यालेक्सी आएको रहेछ । तर फेसबुक आइडी खोल्दा उहाँले नाम फेरेकोले कसैलाई थाहा रहेनछ फेसबुक छ भनेर । उहाँको आग्रहमै श्रीमान्लाई एड गरिदिएँ । ४०भन्दा बढी फ्रेन्ड रिक्वेस्ट आएका रहेछन् । उहाँकै निर्देशनमा ‘कन्फर्म’ गरिदिएँ आधा जतिलाई र बाँकीलाई ‘नट नाउ’ ।

फेसबुकको कमाल कमालको छ । जुकवर्गलाई धन्यवाद दिनेहरूमध्ये म पनि पर्छु । मैले अमेरिका, इन्डिया देखि भोजपुर झापासम्मका मेरा आफन्त तथा पुराना साथीभाइलाई भेटेको छु यो क्याफे मार्फत । परीक्षा देखि समाचारसम्मका जानकारीको माध्ययम यो फेसबुकलाई अब मौलिक हकमा उल्लेख गर्नुपर्ला भन्ने मेरो धारणा बनिसक्यो । यस्तो संचारको बहु उपयोगी माध्ययमको बाहवाही गरेको छु मैले ।

डिप्लोमा अन्तिम वर्षको परीक्षा दिएपछि अलिकतिरहर अनि अलिकति वाध्यतामा फर्किएँ गाउँ । रहर यो कारणले कि सात वर्ष अघि छोडेको गाउँको माया आलै थियो । घरायसी समस्याले वाध्यता थियो । अर्कोतिर सहरको त्यो भिँडमा मैले संघर्ष गरेर ठूलै सफलता पाउने आशा शुन्यतामा परिणत भएको थियो । गाउँ आएर करिव पन्ध्र महिना शिक्षण गरेँ । जागिर नै कतै नपाएर विवश भएर आफ्नो गाउँ आएर जागिर खाएको सोच्दथे केही औँलामा गन्न सकिनेले बाहेक । हामी पीडित थियौँ थुप्रै, तर म यो कुरामा अलि बढी नै खुलेर लागेँ । मलाई समग्रमा रुचाइएन । श्रम शोषणको विरुद्ध आवाज उठाउँदा रुचाइदैन भने मेरो भन्नु केही छैन । मैले आफ्नो मेहनतको कदर हुने ठाउँको खोजी गर्न थालेँ । प्रतिस्पर्धाबाट छानिएर सदरमुकाम नजिकै फेरि अर्को विद्यालयमा शिक्षण गरेँ ।

यसै क्रममा मेरो लोकसेवाको परीक्षाबाट जिल्लाकै एक सरकारी कार्यालयमा पदस्थापन भयो । लेखाको काम गर्दै गर्दा फेरि फेसबुक चलाउन सुरु गरेँ । यतिखेर जानकी दिदी पनि मेरो च्याटमा नियमित आउन थाल्नुभयो । जानकी दिदीले एस.एल.सी. सिध्याएर पनि १२ कक्षा नि सिध्याउन लाग्नु भएछ । खुशी लाग्यो, मैले पनि सम्झाएको थिएँ र मान्नुभयो सल्लाह । तर उहाँको फेसबुकमा अपलोड हुने फोटो भने अलि असहज खालकै देखेँ । सहर पसे गाउँकी दिदी यति सहरिया हुनुहोला कल्पना थिएन मेरो । स्टाटस पनि उस्तै खालका, कसैसँग रोमान्स गर्दै गरेजस्तो भान हुने । तर त्यस्तो हुनु स्वाभाविक थियो । किनकि उहाँ विवाहिता नारी हुनुहुन्थ्यो । म विदेशमा रहेको उहाँको श्रीमान्सँग पनि सम्पर्कमा रहेँ । उहाँले एकदिन नेपाल फर्कन लागेको कुरा सुनाउनु भयो । खाडीको देशमा कमाएको पैसा लगानी गरी सानोतिनो व्यवसाय गरी परिवारसँगै बस्ने योजना बुन्नुभएको रहेछ उहाँले ।

एकदिन अफिसको कामबाट केही फूर्सदमा भएको मौकामा गुगलमा ओशोका केही भनाईहरू सर्च गर्दै थिएँ, जानकीको श्रीमान्को फोन आयो । ‘भाइ अफिसमै हो? म पनि यतै सदरमुकाममै छु, भेटौँ न ।’ मैले अफिस पाँच बजे छुटेपछि भेट्ने भनेँ । अलि अर्जेन्ट भएको कुरा सुनाउदै फोन राखे उनले । के होला त्यस्तो अर्जेन्ट? कुनै कुरा सोँच्न सकिराखेको थिइनँ । पाँच बज्ने वित्तिकै फोन आयो कहाँ भेट्ने? वैरागी काइँला चोकमा भेट्ने निधो गर्यौँ ।

सोलु सदरमुकाम सल्लेरीमा कफिको प्रचलन छ । जहाँ, जहिले, जोसँग नि कफी पिउन सकिने, अरु पेय कम मात्रामा हुने । त्यहीँ कफिको चुस्कीसँगै पहिल्यै देखि गम्भिर देखिनु भएका दाइले कुरा सुरु गर्नुभो, ‘वास्तवमा भाइसँग केही गम्भिर कुरा गर्नु छ, कुरा मेरो व्यक्तिगत परिवारको हो । तर सहयोग गर्नुपर्यो वास्तविकता जान्न ।’ म अतालिएँ, ‘मैले के त्यस्तो सहयोग गर्न सक्छु होला र?’ दाइले आफ्नो वरिपरि एकपल्ट हेर्नुभयो र आफ्नै मातृभाषामा सुरु गर्नु भो, ‘भाइलाई त थाहै छ हामीले सानैमा प्रेम विवाह गरेका हौँ र आजसम्म पनि हामी एकले अर्कालाई अति धेरै माया गर्दै आएका थियौँ । मैले जानकीलाई काठमाण्डौ पनि हाम्रै र उसको पनि राम्रो होस् भनेर काठमाण्डौ बोलाएँ, उनले पढ्ने कुरा गर्दा मलाई ज्यादै हर्ष भएको थियो । पछि फेसबुकमा भेट हुँदा साह्रै आनन्द लागेको थियो । हामीले धेरै खर्च गरेर फोन गर्नुभन्दा फेसबुकमा धेरै सस्तोमा कुरा हुन्थ्यो । हामीले दुवै मिली सुखी संसार रच्ने निधो नि गरेका थियौँ । त्यहीँ सपना साकार पार्न मनेपाल आएँ । आएको लगभग आठ महिना भइसक्यो तर यो विचमा सारा सपना टुक्रिएको महशुस गर्दैछु भाइ ।’ उहाँ रोकिनुभयो तर मैले दालमा केही कालो भएकोभन्दा बढी केही बुझिनँ । किन के भयो र? मैले ‘भन्नु न आफ्नै भाइ सम्झेर’ भनेपछि फेरि सुरु गर्नुभयो । ‘म आको देखि नै फेसबुक लुकारउर चलाएको देख्छु, जब म बाहिर निस्कन्छु ऊ फेसबुक चलाउन थाल्ने कुरा छिमेकीबाट थाहा पाएँ, कतिपल्ट त म बाहिर बसेर नेट अन गर्दा ऊ जहिले पनि अनलाइन हुन्छ । साह्रै नमिठो कुरा त मेरो छोरालाई धेरैपल्ट चाउचाउ पकाएर खुवाएर मात्र विद्यालय पठाको रहेछ । मसँग पनि झर्किन्छे, राम्रो कुरा गर्दिन । मैले धेरै कोशिस गरेँ तर उनको पहिलाको जस्तो माया पाउन सफल भइनँ, मलाई पुरा विश्वास छ त्यो माया अन्तै सर्न लाग्यो, हाम्रो परिवार विग्रन लागेको छ । अचम्मको हुँदो रहेछ माया, यो सर्न पनि सक्छ त्यो पनि यो बेला आएर । कृपया मलाई हेलप गर्नु पर्यो, तपाईँलाई थाहा छ होला उसको फेसबुक पासवर्ड ।’ कुरा उसको टुंगियो तर मेरो मनमा हुरी सुरु भयो । भोलि दश वजे मेरो अफिसमा आउनु भनी म निरुत्तर भएर निस्किएँ होटलबाट ।

कोठामा पुगेपछि म सोचमग्न भएँ, आखिर किन रित्तिन्छ प्रेम? तातो बालुवामा श्रीमान्ले गरेको दुखलाई किन बिर्सन्छन् यी मान्छे? भोलि दश बजे मेरो अफिसमा आइपुगे दाजु । मैले मुश्किीलले पुरानो पासवर्ड सम्झेँ, अनि लगिन गरेँ । मेरो शंकाको केन्द्र मेसेजमा क्लिक गरेँ र मेसेजहरू एक–एक गरी हेर्न थालेँ । विचमा प्रवल गुरुङ नामको आइडी भएको मेसेजमा पुगेपछि हामी अडियौँ । सुरुमै एउटा स्टिकर देखियो, किसिङ् स्टिकर, अनि लभ यु लेखिएको थियो त्यही मुनी । थप क्लिक गर्दै गएँ, मूर्तिवत दाजु पनि मूख विगारेर हेरिराख्नुभएको थियो । उनीहरूका प्रेम प्रसंगदेखि बिहे गर्ने सल्लाहसम्मका ती च्याटहरूलाई मैले त जसोतसोपढ्न भ्याए तर छेउमै बसेका दाजुले कुन अवस्था गुजार्दै होलान् यो कल्पना गर्नसम्म कठिन भयो । मेसेजको कुनै एक ठाउँमा त्यो केटाको नम्बर थियो । फोन नम्बर भारतीय थियो । ऊ दार्जिलिङ्गे केटा हो भन्नेमा हामीलाई अब पूरा विश्वास भयो ।

फोन नम्बर टिपेर दाजुले फोन गर्न लाग्नुभयो । मलाई यी घटनाहरू सपना हो कि विपना हो भन्ने कुराको टुंगो लगाउन मुश्किल भइराखेको थियो । फोन रिसिभ भयो, एउटा केटा मान्छेले उठायो, दाजु भन्दै हुनुहुन्थ्यो ‘तपाई प्रवल गुरुङ हो?’ उताबाट ‘हो तपाईको परिचय?’ भन्ने प्रश्नमा ‘म तपार्ईंको फेसबुकको गर्लफ्रेन्ड जानकीको श्रीमान् ।’ भनी जवाफ भयो । तर उताबाट जानकीलाई नचिनेको स्पष्टोक्ति आयो । मैले फेसबुक आइडीमा भएको नाम सम्झाए, ‘मनु नै जानकी हो ।’ उताबाट अर्को आश्चर्यभाव आयो, उसले माफ माग्दै त्यस्तो थाहा नभएको र यो बारे मनुले केही नभनेको स्पष्टीकरण आउदै थियो । मलाई कुनै नेपाली चलचित्र हेरेको भान हुँदै थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1092
  • 886 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 7 hours ago
  • आभार
    4 days 2 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 2 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 2 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 2 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • जुनेली रात
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • कुकुर
  • महलकी रानी
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • कोरोना भाइरस
  • शुभ दिन बिहानीको
  • काली
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • प्रेम पाप होइन
  • अनुरागक डोर (गजल)

Last viewed:

  • नेपाली संस्कृतिमा शकहरूको योगदान
  • देशभक्त हुँ म
  • महलकी रानी
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • संयुक्त गजल संङ्ग्रहको बिमोचन तथा GFNL इजरायलमा नयाँ कार्यसमितिको चयन
  • कुकुर
  • यी !!! डीभी !
  • प्रियसीको यादमा
  • तिम्रो लागि नै
  • बुझाई
  • समय
  • एक पल पनि रमाइलो
  • रित्तिएको गाउँको संक्षिप्त विवेचना
  • आँखा रसाइदियौ दशैं
  • सरकार बन्न मन लाग्यो
  • धोका
  • आज किन साथी मलाई रुँ रुँ लाग्छ
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • रन्थनिएर ईलाका, बस्ती र गाउँ
  • स्वार्थ
  • लाग्छ तिमीले अकै छान्यौ ।
  • सरस्वती वन्दना
  • साधारण जिन्दगी ?
  • नमिठो पल (लघुकथा)
  • गजल
  • साँझ बत्ती बलेको घर
  • मृत्युन्जय
  • शब्द
  • हाम्रो धर्म मानवता हो ।
  • पश्चिमाञ्चल जिल्लाहरुको नामाकरण रहस्य
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित