Skip to content

भोली कर्णधार मात्र नभइ आजका साझेदार मानिएका बालबालिकाहरु लागु औषधको कुलतमा फस्ने क्रम बढदो छ । सडक बालबालिका भोक, निद्रा, प्यास मेटाउनका लागि गमलगायत अन्य लठ्याउने लागु औषधिको विभिन्न खालका कुलत र अपराधमा समेत सहभागी हुने गरेका छन् । मिठो खाने राम्रो लाउने लालसाका कारण सहर पसेका अधिकाँश बालबालिकाको बास सडकमा हुने गरेको छ । दिनप्रतिदिन असुरक्षित र अव्यवस्थित हुँदै गएका सडक बालबालिका चुरोट खाने, गम सुँघ्नेजस्ता कुलतमा फसेका छन् भने बाँच्नकै लागि पाकेट मार्ने, चोरी गर्नेजस्ता गलत काममा सहभागी हुँदैआएका छन् । पहिले पहिले धेरैजसो सडक बालबालिकालाई बालसुधार गृहमा राखिन्थ्यो । त्यसले गर्दा केही सुरक्षित हुन्थे तर आजभोलि बस्ने ठाउँ र दातृ निकायको सहयोग नपाउँदा सडकमै रात बिताउन बाध्य छन् । यसले गर्दा उनीहरु जाडो महिनाभरि तातोका लागि दिनभरि ड्रग्स खाने, गम सुँघ्नेजस्ता काममा लागेका छन् । घरको आर्थिक अवस्था,पारिवारिक समस्या, साथीभाइको लहीलहीका कारण बालबालिका सडकमा आउने गरेका छन । मिठो कल्पनामा डुवेर सहर पसेका बालबालिका वास्तविकतासँग अनभिज्ञ हुन्छ जव वास्तविकता उनीहरुको सामनु आउछ त्यती बेला बाबुआमाको डर र सामाजिक रुपमा बहिष्कार हुने डरका कारण पुरानो अवस्थामा फर्कन नसक सडकमै जिवनयापन गर्न बाध्य हुन्छन ।
एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रेनको २०१२ को प्रतिवेदनमा उल्लेख भएअनुसार गम एक किसिमको लठ्याउने लागुपदार्थ हो । “गम एक किसिमको लागुपदार्थ वा लठ्याउने चिज हो जसको प्रयोगले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ, गम सुँघ्दा यसको सिधा असर मष्तिष्क र शरीरका अन्य अङ्गमा पर्न गई सिर्जनाशीतलाप्रति मन जान छाडिसकेपछि सुस्त मनस्थितिजस्तो दीर्घकालीन असरसमेत पर्न सक्छ ।”

सडक बालबालिकालाई पुनः स्थापनाका लागी नेपालको काठमाण्डौ र विराटनगरमा गरी २ स्थानमा मात्र बाल सुधार गृहहरु रहेका छन जस्को क्षमता ७०÷७५ जनामात्र छ । काठमाडौँ उपत्यकामा मात्रै करिब पाँच हजारका हाराहारीमा सडक बालबालिका रहेको र तीमध्ये ९५ प्रतिशतले गम सुँघ्ने गरेका छन् । सन् २००१ मा उक्त सङ्ख्या ५१ प्रतिशत मात्र थियो । सन् २००८ को सिविन सर्वेक्षणअनुसार सडक बालबालिकामध्ये ६१ प्रतिशत दैनिक, ३६ प्रतिशत कहिलेकाहीँ र दुई प्रतिशतले कहिलै प्रयोग नगरेको पाइएको छ । तीमध्ये १०–१४ वर्ष उमेरका समूहका बालबालिकाले प्रायःजसो बेलुकी मात्र गम सुँघ्ने गर्छन् ।

सन् १९७० को दशकमा युरोपबाट सुरु भएको गम सुँघ्ने प्रचलन १९९० मा भारतमा देखापरेको र उतैबाट नेपालमा भित्रिएको पाइन्छ । सन् १९९८ देखि नेपालमा यसबारे अनुसन्धान सुरु भएको हो । सो अध्ययनमा बालबालिकालाई भोक लाग्यो र पैसा भयो भने पनि खानाका सट्टामा गम किन्ने गरेको पाइएको छ । १० प्रतिशतले साथीसँग, ४२ प्रतिशतले फोहोरमैला प्लास्टिक बेचेर पैसा जुटाउने र ४८ प्रतिशतले मागेर गम किन्ने गरेका छन् । नेपालमा सडक बालबालिका कति छन् भनेर हालै अनुसन्धान भएको छैन । सन् १९९७ मा गरिएको एक अध्ययनअनुसार नेपालभरी पाँच हजार सडक बालबालिका रहेकामध्ये काठमाडौँ उपत्यकामा मात्र आधा थिए । हाल देशका ३० जिल्लामा रहेका सडक बालबालिकाहरु मध्ये ९० प्रतिशत लागु औषधको अम्मली रहेको अनुमान गरिएको छ । लागुपदार्थ दुव्र्यसनी उपचार तथा पुनःस्थापना केन्द्र नार्कोनन नेपालले अध्ययन गरेको २०११ को अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएअनुसार संसारका झन्डै तीन करोड व्यक्ति ड्रग्स अर्थात् लठ्याउने वस्तुको दुव्र्यसनी बन्न पुगेका छन् । तीमध्ये नेपालमा एक लाख ५० हजार व्यक्ति त्यस समस्यामा परिसकेका छन, जसमा एक लाख छ हजार कक्षा ६–१० र प्लस टु मा पढ्ने विद्यार्थी तथा करिब २४ हजार महिला यसमा फसिसकेका छन् ।

बालबालिकाहरुले डेन्ड्राइड सुध्ने गरेका छन । खाना खानको देशका ठुला सहर आसपास भेटिने गरेका सडक बालबालिकाहरु अधिकाँशको हातमा डेन्ड्राइको टयुव भेटिन्छ । लागुृ औषध हो भन्ने जान्दा जान्दै पनि भोक मेटाउनको लागी डेन्ड्राइड सुध्न बाध्य रहेको उनीहरुको भनाइ छ । काठमाण्डौ र चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रका सडक बालबालिकाहरुमा यस्तै प्रयोग ज्यादा रहेको पाइन्छ । भ्रमण गर्न तेश्रो मुलुकबाट आउने पर्यटकहरुसँग पैसा मागि सडक लागी पैसा माग्ने र अन्तमा उनीहरु डेन्डइड सुध्ने गरेको तथ्य फेला परेको छ । लागु औषध प्रयोग गर्नु उनीहरुको रहर नभएर बाध्यता रहेको छ । चितवन राष्टिय निकुञ्ज आसपासमा भेटिएका एक जना करिव १४ बर्षको सडक बालकलाई यस्तो बस्तु किन खाएको यो त खानु नहुने बस्तु हो भनि सोध्दा उस्ले डेन्ड्राइडको प्रयोग रहर नभएर बाध्यता रहेको अनुभव सुनायो । “मलाई पनि थाहा छ दाजु के गर्ने भोक त मेटाउनै प¥यो यस्तै खाएर नी बाच्नुपर्दो रहेछ” । १ सय रुपैयामा एक छाक मात्र खान पनि नपुग्ने तर १ सयको डेन्डाइडले १ हप्ता पुग्ने कारणले पनि आफु भोक र निद्रा मेटाउनकै लागी यस्तो कुलतमा परेको बतायो । एक पटक सुघेको डेन्ड्राइडले एक दिनभरी खाना खानै पर्दैन रे । सरकारसँग सडक बालबालिकाको यकिन तथ्याङक समेत छैन । केन्द्रिय बालकल्याण समितीको तथ्याङ्कमा काठमाण्डौ उपत्यकामा २ सय सडक बालबालिका रहेको र उनीहरुको हितका लागी भनेर ५२५ वटा संघ संस्था खुलेको देखिन्छ । यसरी सडक बालबालिकाको नाममा गैह्र सरकारी संस्थाबाट लुटतन्त्र मच्चीरहेको छ । सरकारले पनि आम्दानीको प्रलोभनमा परी मनपरी रुपमा खुलेका गैह्र सरकारी संस्था दर्तामा रोक लगाउन सकेको छैन ।

यो घटना चितवनमा मात्र नभएर राजधानी र मोफसलका ठुला तथा साना सहरहरुको प्रमुख समस्या नै हो । काठमाण्डौको गल्लीमा बस्ने अधिकाँश सडक बालबालिकाहरु यस्को कुलतमा फसेको पाइएको छ । विदेशी संघ सँस्थाहरुले बालबालिकाहरुको उत्थानको लागी बर्षेनी करोडौको लगानी गर्छ तर सडक बालबालिकाका लागी भनेर खुलेर संघ संस्थाको पोल्टामा मात्र पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *