Skip to content

नाम के हो भन्देऊ न सुन्दरी


कति भयो यहाँ आ’को स्वर्गबाट झरी ।
बास काँ’छ नाम के हो भन्देऊ न सुन्दरी ।।

चन्द्रमा नै मुहारमा टाँसेजस्तो छ नि
धरतीमा नै माया प्रीति गाँसेजस्तो छ नि
आऊ न बसौ बात मारौ पारी वनकी चरी
बास काँ’छ नाम के हो भन्देऊ न सुन्दरी ।।

पर्यौ मेरै जालमा आज छुट्न कहाँ पाउली,
हातभरी रातो चुरा शिरमा सिन्दुर लाउली
देवराजले पठाएकि आफै आ’को झरी
बास काँ’छ नाम के हो भन्देऊ न सुन्दरी ।।

– खजुराखुर्द १ बाँके, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *