Skip to content


सुन साइँली साइँली
परदेशबाट म आउँला
सुन साइँली साइँली
चालीस काटेसि रमाउँला
सुन साइँली साइँली
दियोमा तेल हुरुरु
सम्झी कहिल्यै नरुनु

सुन साइँली साइँली
निधारमा नाम्लो बरियो
भावीको खेलमा परियो
सुन साइँली साइँली
कुलोमा पानी कलल
गाउँघरको तस्बीर झलल
सुन साइँली साइँली
पिंढीमा जाँतो हरर
झर्दो हो आँसु बरर

सुन साइँली साइँली

शब्द – हिमाल साउद / कालीप्रसाद बाँसकोटा
स्वर – हेमन्त राना
संगीत – कालीप्रसाद बाँसकोटा
चलचित्र – साइँली

Leave a Reply

Your email address will not be published. Required fields are marked *