Skip to content



झुकी झुकी कसैसँग किन हिंड्छौ
बिना कारण लुकी लुकी किन हिंड्छौ

जे हुनु भएर भएरै छाड्छ एक दिन
पाहिलै पिछ्छे चुकी चुकी किन हिंड्छौ

आफ्नैलाई पराई बनाई हाल्यो समयले
थुकी थुकी जिन्दगीलाई किन हिंड्छौ

पिंजडाको चरी जस्तै बन्दी पक्कै छैनौहोला
ढुकी ढुकी दैलै पिच्छे किन हिंड्छौ

कोहि हास्ने कोहीरुने रहिछ रिति सन्सारको
भाटो जस्तै सुकि सुकि किन हिंड्छौ

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल : मातृभुमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *