Skip to content

सलाम शहिद तिमीलाई


धर्तीमा अमूल्य रगत बगायौ सलाम शहिद तिमीलाई
मुक्तिको निम्ति जीवनकै बाजी लगायौ सलाम शहिद तिमीलाई

वर्षौ वर्षदेखिको निरङकुसताको बिरासतलाई भत्काउँदै
बादशाहलाई सिंहासनबाट भगायौ सलाम शहिद तिमीलाई

राखेनौ मनमा कुनै स्वार्थ अन्तिम सास रहुन्जेल
हजारौंमा बलिदानी भाव जगायौ सलाम शहिद तिमीलाई

युद्ध मैदानमा एउटा ढल्दा अर्कोले हतियार सम्हाल्दै
दुश्मनहरूलाई नौं डाँडा कटायौ सलाम शहिद तिमीलाई

झुकाएनौ शिर कहिल्यै सुम्पियौ जीवन बरु
वीरताको रक्तिम इतिहास लेखायौ सलाम शहिद तिमीलाई

दास दासी जस्तै अधिकार बिहीन जनताहरूलाई
यो देशकै मालिक बनायौ सलाम शहिद तिमीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *