Skip to content

झुटो इतिहाँस लेखाइएको छ


इतिहास गलत हुँदैन भन्थे
तर म आज जे देख्दै छु
सब गलत लेखिएको देख्दै छु
राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई
कथित हत्यारा लेखाइँदै छ
नेपाल एकीकरणमा उनको दोष देखाइँदै छ
दासढुँङ्गा हत्यालाई
दुर्घटना लेखाइएको छ
नारायणहिटी हत्या काण्डमा
दिपेन्द्रलाई दोषी देखाइएको छ
हो त्यसैले लाग्छ
यस काल खण्डमा
झुटो इतिहास लेखाइएको छ

गणतन्त्रका राजाहरूबाट
आफ्ना कमजोरी लुकाउन
छिमेकीलाई दोष लगाइएको छ
सर्वहारा वर्गका नेता धनाढ़्य
क. प्रचण्डलाई
नेपालको गरिब प्रधानमन्त्री लेखाइएको छ
हो त्यसैले लाग्छ
यस काल खण्डमा
झुटो इतिहास लेखाइएको छ

म गर्व गर्थे इतिहास पढ्दा नेपालको
आज वर्तमानमा बाँचेको छु नेपाल मै
आजको काल खण्ड पनि
इतिहास बन्ने छ कुनै दिन नेपालको
यो काल खण्डमा
कसैले शासकको प्रशंसा गरेरै लेख्ने छ
र त्यो बन्ने छ
मेरो प्यारो देशको इतिहास
मेरा सन्ततिहरू
फेरि तन मन लगाएर
मेरो देशको इतिहासको तिथि मिति
घोकेर झुटो इतिहास पढ्ने छन्

बाबुराम पन्थी “गुल्मेली ”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *