Skip to content


सानो देश हाम्रो नेपाल सौन्दर्यको खानी
विश्वमा नै प्रसिद्ध छ प्रकृतिको धनी
उत्तरमा सुन्दर हिमाल तराइ समथर
सगरमाथा शिर हाम्रो नेपाल हो घर

हिमालमा डाफे नाच्छ तराईमा धनेश
कति धेरै विविधता यही नै छ मधेश
कस्तुरीले हरेक पल मिठो सुबास छर्छ
बाह्रसिँगे जरायो नि रमाइ रमाइ चर्छ

प्रकृति कै अनुपम अर्को छ नि ताल
जता हेर्यो उतै उठ्छ सौन्दर्यको छाल
गुफा अनि झरना झन बीचित्र छ्न यहाँ
मानवताको मनै तान्ने सुन्दरता छ जहाँ

वसन्तमा जताततै मधुसुमन फुल्छ
यसकै काखमा रमाएर कोहीली सधैं भुल्छ
हिमालको सुन्दरताले सबको मन तान्छ
यसकै काखमा निदाउँदै हाम्रो ज्यान जान्छ ।

रामचन्द्र रम्तेल “देव”

Leave a Reply

Your email address will not be published. Required fields are marked *