Skip to content


उत्तर-दक्षिण तन्किएको त्यो माझ घरको बगैँचामा सिसौ, कटहर, आँप, मेवा र केराको घारी थियो । तिनै रूख बिरुवाका पात -पातमा, हाँगा-हाँगामा बसेर सधैँभरि गीत गाउने चराहरू त्यस दिन कहाँ गएछन् कुन्नि त्यो घरमा बिहानैदेखि चारैतिर सन्नाटा छाएको थियो । चैत महिना, हावाहुरी चल्ने मौसम भए पनि हावा ठ्याम्मै चलेको थिएन । बिहान बूढो हुँदै गएकोले सूर्यको न्यानो प्रकाशले पोल्न लागेको थियो । गाउँलेहरू सबैतिर छरिएका हुनाले अँागन, दलान, बाटोमा पाइला राख्ने ठाउँ थिएन । सबै जना आँधी आउनुअघिको सन्नाटाझैँ आक्रोश र आवेगलाई बोकेको अनुहारमा थिए । आदर्श भने धेरै दिनको थकाइले लोत परेझैँ मस्त निदाएको जस्तै आँगनको एक छेउको तुलसाको मठनेर उत्तानो परेर सेतो लुगा ओडेर लमतन्न पसारिएको थियो । उसकी श्रीमती र आमा शोकमा चुर्लुम्म डुबेर रुँदारुँदा बालुवाजस्तै सुख्खा र सालिकझैं निर्जीव भएका थिए । अरू परिवारजनहरू र साथीहरूले पनि आँखालाई आँसु बगाउने प्वाल बनाएका थिए । वियोगको वेदनाले हृदयको चट्टान चिरेर बाहिर निस्केको अश्रु भेल हम्मेसी थामिने कुरै थिएन ।

‘कमरेड आदर्श अमर रहुन् Û’

धेरैबेर एकछत्र राज गरेको शून्यतालाई एउटा युवकले भावावेशमा सुक्सुकाउँदै आˆनो दाहिने हातलाई मुठी पारेर चिरफार गर्‍यो ।

‘कमरेड आदर्श जिन्दावाद Û’ अर्कोले वियोगको वेथालाई जोशिलो आवाजले मल्हम लगाउन खोज्यो ।

‘आदर्शको आस्था Û’ तेस्रोले लगाएको नारामा सबैले लोली मिलाए ।

‘बचाइ राख्छौँ Û’ ‘बचाइ राख्छौँ ÛÛ’

‘लोकतन्त्र – ल्याउछौँ Û ल्याउछौँ Û’

‘निरङ्कुश राजतन्त्र -बाइ बाइ Û’

‘लोकतन्त्र-हाइ हाइ Û’

उपस्थित जनसमूहको चर्को आवाजले प्रतिभाको होस खुल्यो । ऊ अर्धचेतमा लासनेर गई र कराउन थाली-‘एऽ कमरेड उठ्नुस् भन्या, कति सुतिरा’को ? साथीहरू कहाँ कहाँदेखि जम्मा भइसके, जुलुसमा जान अबेला भयो रे ।’ एकछिन सेतो कपडाले छोपिएको मुर्दालाई टोलाएर हेरेपछि उसको अवचेतन दिमाग झन्

पोखियो- ‘कस्तो अटेरी हुुनुभा’ भन्या ? सुन्नु भ’न ? उठ्नुस् भन्या ?’ओड्ने ठानेर कात्रो उतारेपछि लास देखी प्रतिभा झसँग झस्किन् र दुवै हातले गाला र टाउको छाम्दै -‘ए मेरो जीवनसाथी Û मेरो प्राण Û मेरो धरोहर Û मेरो आदर्श Û कहाँ गयौ नि मलाई एक्लै छाडेर Û……’ विलौनाको पोको खोल्दानखोल्दै ऊ फेरि मुर्छा परी । ‘मेरो आस्था कति छिट्टै ढल्यो Û’ उसको अनुयायी एक नवयुवक लासको गोडामा आˆनो शिर राखी दुवै हातले छाती मिचेर बर्बरायो ।

‘काठमाडौँ जान्छाँै, लोकतन्त्र ल्याउँछाँै, भन्ने नाराले मुलुक जुरुक्क उठेको थियो । जनसागर काठमाडौँ पस्यो- नाकानाकाबाट । जनभेलले कान्तिपुरलाई ठण्डियामको बाक्लो कुइरोले भै”m छोपेको थियो । जुलुसको सारमा कदम चाल्दै आकाश छेड्लाभै”m गरी चर्को स्वरमा जोशिलो नाराहरू उराल्दै थियो आदर्श ।

‘चार्ज, फायर, सुटदेम्, सालेका ड्यामहरू Û’ त्रिचन्द्र कलेजको उत्तरतिर बढिरहेको जुलसदेेखि आत्तिएर महेन्द्रको सालिकनेर चट्याङ परेको जस्तो धोत्रो आवाजमा कमाण्डर घोक्रो फुलाएर करायो । उसको आदेश भुइँमा खस्न नपाउँदै सशस्त्र प्रहरीहरू बिच्केका अरिङ्गालको गोलोभै”m जुलुसमा खनिए । सैनिक ट्याङ्कको आडमा सशस्त्र र जनपथ प्रहरी योजना बनाएर निहत्था जनसागरमा जाइलाग्यो । भिडन्त भयो ।

‘एऽ कायर Û हिम्मत भए अगाडिबाट गोली हान् । हामी छाती थापिरहेका छौँ । किन लुते कुकुरभै”m जुलुसभित्र घुसेर पछाडिबाट गोली हान्छस् नामर्द Û’ आदर्श त्यति हुङ्कार गरेर दायाँ हातले आˆनो छाती थिच्दै सडकमा थुचुक्क बस्यो ।

पानी फोहोरा, लाठीचार्ज, अश्रुग्यास, फाइरिङ, जुडो, कराँते, मार्शलआर्टस्का एक्सन जनसागरमा बर्सियो । भाग्न चाहनेहरूले भाग्ने ठाउँसम्म पाएनन् । किनारा लाग्न खोज्नेहरूले किनारा भेटेनन् । गोली खाएर ढल्नेहरू कि अर्काको शरीरमा ढल्दथे कि अगाडि तेस्र्याइराखेको बन्दुक खोसौँलाभै”m उतै ढल्दथे ।

रगतको आहालमा डुबेर सख्त घाइते भएकाहरूलाई जनसागरले हातहात गर्दै इँटा सारे जसरी अस्पताल पुर्‍यायो तर विडम्बना अस्पतालमा एक गेडा तिल अट्ने ठाउँ थिएन । जताततै रगतको आहालमा डुबेर छट्पटाइरहेका मानिसहरू थिए । कतिले अस्पताल देख्न भ्याएनन् । आदर्शले अस्पतालको मुख देख्यो । मानिसहरूको सर्वनास भएको देख्यो । ऊजस्तै रगतले नुहाएर जीवनमरणको दोसाँधमा पुगेकाहरूको बग्रेल्ती बिस्कुन पनि ।

‘अहोऽ धेरै मानिसहरू सोत्तर भए । यो वलिदान खेर जाँदैन ।’ आदर्शले अर्धहोसमा विस्मात र आशाको किरण घोलेर पियो घट्घटी । प्रतिभा अनुहारमा चोट, निल डाम, च्यातिएको चौबन्दी, धूलो लागेर खजमजिएको असरल्ल सारी र जुरो फुकेर छरपष्ट भएको लामो कालो कपाल हल्लाउँदै भयातुर मुडमा हस्याङफस्याङ गर्दै अस्पताल पुगी । ‘कमरेड तपाईं ठीक त

हुनुहुन्छ ? के भो तपाईंलाई ?’ ऊ बोलाउँदै गई आदर्शलाई । ‘हामीले लोकतन्त्र ल्याइछाड्यौँँ हगि ।’ विजय जुलुसको महासागरमा अबिरले रङ्गएिर खुसीले नाचिरहेका साथीहरूसँग बडो प्रफुल्ल मुद्रामा कुरा गरिरहेको आदर्श

श्रीमतीको झकझक्याहट र बोलीबाट पीडादायी वास्तविक संसारमा फर्कियो र सकिनसकी सुस्तरी

बोल्यो- ‘म ठीक छु, जुलुसमा तिम्लाई चोट लाग्यो कि कतै ? कि घाइते

भयौ ? मलाई अघि भर्खरै लोकतन्त्र आएको झल्को लाग्या छ । चिन्ता नगर, लोकतन्त्र आउँछ सम्हाल, भविष्य तिम्रो जिम्मा ।……’ प्रतिभाको हातबाट उसको हात खुकुलिँदै गयो । चिकित्सकले नाडी छाम्दा ऊ चिसिइसकेको थियो ।

क्रान्ति छोरा, प्रगति छोरी- उसका दुई सन्तान । पार्टीले खोजिदिएकी युवतीलाई श्रीमती बनाउन एक पित्को सिन्दूर नै काफी भएको थियो, परम्पराको बिँडो थामियो । बिहेमा गरगहना, लुगाफाटोका सट्टामा उसले श्रीमतीको नाम प्रतिभा राख्यो ।

निःस्वार्थी र निस्कलङ्कति पाङ्ग्राहरू भएको अमर रथमा समय आˆनो नियमानुसार हिँडिरहृयो निरन्तर अघिअघि । न्याय, समानता, मानवाधिकार, लोकतन्त्रका लागि भनेर मान्छेहरू समयको डोब पछ्याउँदै दौडिरहन्छन् पछिपछि तर भयानक दुःखदायी वा अत्यन्त सुखमय घट्नाहरूलाई चेतनपटबाट विस्तारै घचेटेर अवचेतनको गहिरो, फराकिलो फाँटमा खसाल्दै जाने जात मान्छे । त्यसैले कस्तै हृदयविदारक घटना पनि नौ दिनमा नौलो लाग्ने र बीस दिन पुग्दा नपुग्दै बिर्सन थाल्ने मानव स्वभाव ।

आदर्शको योगदानको उच्च मूल्याङ्कन गरी सहिद घोषणा गरिएको, उसको कामअनुसारको नाम अमर राखिने, उसको स्मरणमा विभिन्न कार्यक्रमहरू गरिने, ऊप्रति आश्रति परिवारजनको कदर गरी आर्थिक, भौतिक सहयोग गर्ने, आदि लतक्क पाकेको अङ्गुरभन्दा रसिला कुरा गरी मिठा आश्वासन दिने नेताहरूको बोली समयसँगै चिप्लिँदै गयो- हिँड्दै छ पाइला मेट्दै छ भनेभै”m ।

समाज शास्त्रमा एम.ए., गोल्डमेडलिष्ट त्यो प्रतिभा भन्ने गर्दथ्यो -‘जागिर खाएर व्यक्तिगत उन्नति त जसले पनि गर्छ । एउटा पेट त पशुले पनि पालेको हुन्छ ।’

समाजको हित र उन्नति गर्न सबै नीतिको राजा, सबैभन्दा उच्च नीति -राजनीति अँगाल्न कस्सिएको त्यो अनौठो व्यक्तिलाई आफूलाई अब्बल दर्जाको बुद्धिजीवी ठान्ने उसका साथीहरू उसलाई त्यागको प्रतिमूर्ति भनेर सामुन्नेमा प्रशंसा गर्दथे तर ऊ नभएको बेलामा गोल्डमेडलिष्ट भएर के गर्नु बुद्धि नभएपछि, यो एक्काइसौँ शताब्दीको पटमूर्ख हो भनेर गिल्ला गर्न पछि पर्दैनथेे । अलिकति मौकाको आभास हुनासाथ अरू नेता र कार्यकर्ताहरू हुँदो न खाँदोको विशेष योगदान र विशेष योग्यताको नक्कली विवरणहरू भरेर नेताहरूको चाकरीमा मरिहत्ते गर्दथे । जनताको लागि आकाशको तारा खसाल्न तयार हुनेहरूको त्यस्तो अन्धो व्यक्तिवाद र स्वार्थी चाला देख्दा ऊ भन्ने गर्दथ्यो -‘राजनीति नै गर्नुछ भने अभाव र गरिबीको रापिलो भट्टीमा टिक्न सक्नु पर्‍यो । अनि पो सही अर्थमा क्रान्तिकारी ठहरिन्छ । अलि अलि तातो लाग्दैमा बरफझैँ पग्लिने हो भने क्रान्तिकारी पगरी फुकालेर राजनीतिको झोला बिसाए हुन्छ । दुःख, कष्ट, अभावको भुङ्ग्रोदेखि तर्सिने व्यक्तिले सही अर्थमा राजनीति गर्न सक्तैन । यस्तो पानीआन्द्रेहरूले परेको बेलामा सिन्को भाँच्दैनन् ।’

अभावको भारीले किचेर थिल्थिलिएको बेलामा प्रतिभाले कुरा कोट्याइहालिन् भने ‘सँाच्चै राजनीति गर्ने हो भने त्याग र आदर्शलाई पछ्याइरहनुपर्छ – होचिमिन्हजस्तो, महात्मागान्धीजस्तो – अभावलाई सजिलै हाँसीहाँसी पचाउन सक्नुपर्छ ।’ गायत्री मन्त्रजस्तो आदर्शले ओतप्रोत भएको उही रेडिमेड जवाफ हुन्थ्यो उसको ।

‘भरे पकाउन एक गेडा अन्न छैन । त्यही एकोहोरो सुगा रटाइ गर्न जान्या छ त्यत्ति हो । त्यही असल भावना बोकेको सिद्धान्त पकाउनु अब । म त सक्तिन’- श्री हराएको मुहार लगाएर प्रतिभा कड्किन्थिन् ।

‘पैसा होला नि त । अक्कर परेको बेलामा थैलीको मुजा खोल्न माहिर छ्यौ नि तिमी ।’ हँसमुख पार्दै मृदु भाषामा अभावको तीर स्वास्नीतिरै हुत्याइ दियो ।

‘अस्ति नै तपाईंकै अगाडि टकटक्याइसकेकी होइन मैले ?’

‘ए हो र Û’सधैँ गम्भीर रहने त्यसले सबै दाँतका ढकनी खोल्यो ।

‘अस्तिको आजै कसैले बिर्सन्छ र Û बिर्सेको बहाना नबनाउनुस् क्या ? दिक्क लागि सक्यो मलाई त । कति पिल्सिनु यो अभावको भट्टीमा ? लौ भै गो रे तपाइर्ँ माक्र्सवादले भनेको सुनौला भविष्यको सपना खानु होला म जेनी माक्र्सले झैँ तपाईंको त्याग खाउँला तर यी बच्चाहरूलाई के खान दिने ? ल भन्नुस् त Û’ प्रतिभाका प्रश्नहरूको अगाडि ऊ नाजवाफ भएर हाँसिरहन्थ्यो ।

आदर्शको अवशानपछि उसको वियोगले पिरोलिएकी प्रतिभाको काँधमा दुई सन्तानको भरणपोषण, शिक्षा- दिक्षा र आदर्शको स्वप्निल राजनीतिक संसारको बोजिलो भारी थपियो । पति वियोगको अकल्पनीय पीडा, चिन्ता, सामाजिक, सांस्कृतिक र राजनीतिको पहाडले थिचिएकीले ३० वर्षे यौवना ५० नाघेकी जस्ती, चाउरी र मुजाले साम्राज्य जमाएकी, फुकी ढल देखिन्थी । उसका सहयात्रीहरू र नेतापत्नीहरू मुठीभरिको मोटो पोतेको झुप्पो कम्बरमुनिसम्म लट्काएर नपुगी घाँटीमा नौगेडी, नेकलेसले सजिएर नाडीमा सुनका बाला, हातका औंलाहरूमा असर्फी, हीरा, मोती जडित थरीथरीका औंठीहरू, टाउकै दुख्ने गरी अत्तरले पुरिएर कालो गगल्स टाउकामा राखी ठाँटिएका देख्दा प्रतिभा आˆनो विगतलाई दाहिने गोडाको बूढीऔंलाले भुइँ कोट्याउँदै सम्झन्थी । उसका आँखा आदर्शको त्याग र तपस्याले भरिएका शब्दहरू, उसको बलबुत्ता र सक्रियतामा फैलिँदै गएको लाल झण्डा हेर्न हामफाल्थे । चौबन्दीको आँखीझ्यालबाट छिरेको चिसो हावाले उसलाई वर्तमानमा पुर्‍याइ पछाथ्र्यो । थाहै नपाई आँखाका कुनाकानी पानीले भिजेर चिसिइसकेको हुन्थ्यो ।

कहालीलाग्दो विगत, अत्यासलाग्दो वर्तमान र अन्धकारमा डुबेको आˆनो भविष्य देखेर प्रतिभाको मनले आवाज दियो-‘मेरो जीवन अभाव र वियोगमा पिल्सिएरै बित्ने भो । यी लालावालाको बेहाल भयो । म जिउँदै भए पनि यी टुहुरा भए, साँच्चै टुहुरा! ज्यान हत्केलामा राखेर यिनलाई जन्मा’की थेँ तर पाल्न झन् गाह्रो भयो’- बिहानको कलिलो घामजस्ता आˆना दुई बच्चा आँखाको आँगनमा नाच्न थालेपछि सुस्केरा काडेर ऊ बोल्थी- ‘सिर्जना गर्नुभन्दा संरक्षण गर्न कठिन हुन्छ भन्या साँच्चै हो र’छ ।’

ठाउँठाउँमा प्वाल परेका जुत्ताहरू, थोत्रिएर पिँडुलामा नअडिएका मोजा, पुरानो भएर घामको डाम लागेको जीर्ण स्कुले डे्रस, सरकारी स्कुल, विनाटिफिनका टिफिन बक्स । चारा हाल्न नपाएर खोक्रिएको पेट, सन्तुलित भोजनको अभावले कमजोर भएको शरीर, फुङ्ग उडेको मलिन अनुहार परैबाट पढ्न सकिन्थ्यो प्रतिभाका छोराछोरीलाई । कापी, कलम, पेन्सिल, किन्न पनि प्रतिभाले सकेकी थिइन । उधारो लिन स्वाभिमानले छेकेको थियो । स्कुल जान लाग्दा एक दिन रङ खुइलिएको पुरानो प्लास्टिकको रित्तो टिफिन बट्टा देखाउँदै छोरा क्रान्तिले भन्यो -‘मामु मामु बुबाको आदर्श कहिले पाक्छ ? धेरै दिन भयो भोग लागेको नपाके पनि टिफिन टाइममा अलि अलि खाँदै गर्न पाए हुन्थ्यो नि! हुन्न र मामु!’

यो छोराको छिप्पिएको हो कि ? अधकल्चो व्यङ्ग्य हो ? बुझ्न नसकेर प्रतिभा स्तब्ध भई । नचाहँदा नचाहँदै उसको आँखामा पछिल्लो एउटा नमिठो घटना नाच्न थाल्यो । अघिल्लो हप्ता मात्र लोकतान्त्रिक भनिएको सरकारको सहिद र सहिद परिवारलाई हेर्ने घोषित नीतिअनुसारको सुविधा लिन प्रतिभा सदरमुकाममा गएकी थिई । प्रशासन प्रमुख भेटिएनन् । फाँटवालासँग आफ्नो परिचयको बिस्कुन हालेर सहयोगको हात पसारेकी थिई । गिडगिडाएकी थिई । उसको शरीरमा गिद्देदृष्टि लाउनेबाहेक कसैले उसको कुरामा ध्यान दिएनन् । अन्त्यमा निराश भई बरु भोकै बस्छु तर यी कसाईका अगाडि याचना गर्ने छैन भनी मनमनै अठोट गर्दै रित्तो हात फर्केकी थिई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *