Skip to content

मैले जस्तै तिमीले पनि (गजल)


मैले जस्तै तिमीले पनि, रोएर त हेर
पानी सरि आसुले मुहार, धोएर त हेर

के थाहा तिमीलाई, दु:ख के हो पीडा के हो
मनलाई कहिलेकाहीं मनले, छोएर त हेर

सबै कुरा पाएकै छौ, अभाव छैन केही पनि
तिम्रा चाहतका केही कुरा, खोएर त हेर

तिरस्कार गर्छौ किन ? बुझ्दैनौ मर्म किन ?
एकपटक सबै कुरा, भोगेर त हेर

नजाऊ यतिकै, बिना कारण रिसाई तिमी
अंगालेर आफ्नै भनी, सोचेर त हेर

रञ्जना न्यौपाने
चरीकोट, दोलखा

5 thoughts on “मैले जस्तै तिमीले पनि (गजल)”

  1. कति प्रिय र कति मार्मिक ।
    कति प्रिय र कति मार्मिक । सारै सुन्दर रचना । बधाइ बुनुलाई बुनुलाइ र मझेरीलाइ पनि ।

  2. केडी रेम्नीसीङ

    जवाफी गजल मात्र लेख्या है
    गजल

    मनभरी आँशु भरी रोएको छु एक्लै एक्लै,
    बेहोसिमा तिम्रै तस्विर छोएको छु एक्लै एक्लै ।

    ओठ हाँस्दा सम्झ्यो क्यारे खुशीमा पो बाँचेको छ,
    रुमाल पनि आँशुले नै धोएको छु एक्लै एक्लै ।

    भरिएका सबै कुरा सम्पन्नता ठान्छ्यो क्यारे,
    तिमी गयौ सारा लग्यो खोएको छु एक्लै एक्लै ।

    आफ्नै मात्र पिडा पोख्छौ, मेरो हाल बुझ्न आऊ,
    अनि भन्छ्यो उसलाई छोडेको छु एक्लै एक्लै ।

    गाली गर्दै गर तिमी गजल नै लेखी लेखी,
    तिम्रै राम्रो बयान गर्न बोलेको छु एक्लै एक्लै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *