Skip to content

बनेपामा ज्योतिष्मतिको चौथो अङ्क विमोचन

  • by


फागुन १३, २०७३ शुक्रबार
बनेपा

ज्योतिष्मति साहित्यिक संगमले वार्षिक पत्रिका ज्योतिष्मतीको चौथो अंक शनिबार विमोचन गरेको छ । काभ्रेको धनेश्वरस्थित आदर्श विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पत्रिका विमोचन गरिएको हो ।

उक्त कार्यक्रममा कवि गोष्ठी र सम्मान समर्पण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

श्रीस्वस्थानी मा.विका प्रधानाध्यापक आशाराम लामा तथा श्रीबाल उज्ववल मावि दाप्चाका प्र.अ नारायण भक्त श्रेष्ठलाई विद्यालयको शैक्षिक उन्नयनमा उल्लेख्य योगदान पुर्याएकोमा सम्मान गरिएको थियो ।

अग्रज कवि, गायक तथा रगंकर्मी पंकज चित्रकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय साहित्यकारहरुको सहभागिता रहेको थियो । वार्षिक पत्रिका ज्योतिष्मतीका कार्यकारी सम्पादक दिनमान गुर्मछान तथा रामसुन्दर देउजाले पत्रिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

कवि नरेन्द्रकुमार नगरकोटीद्वारा सञ्चालित कार्यक्रममा उर्मिला कोइराला, नवराज दाहाल उत्साही, छविरमण सिलवाल, रमा अधिकारी, निर्भिक रायमाझी, समर्पण श्री, अविरल ओझेल, विवश पन्त, ब्रम्हप्रिय प्रेमस्वरुप लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रम कवि एवं संस्थाका अध्यक्ष हरिप्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

काभ्रे सन्देश साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *