Skip to content



आमाको छाती चिर्दै
मुटु टुक्रा टुक्रा पार्दै
बिखण्डनको भाग बन्डा गर्दै
तराइ हिमाल मधेश चिरा पार्दै
अघि बड्दै गरेको देख्दा
ताल मा ताल दिदै तिम्रा सोच भेट्दा
अखण्ड नेपालको भबिष्य सोच्दा
बिखण्डणमा तिम्रा कदम अघि सर्दा
लाखौ जनताको आँसु बग्दै गर्दा
तिनका चीत्कार सम्बेदना झल्कदा
मन मेरो तिनको बिचारमा पग्लदा
पीडा सगै मस्तिष्क मेरो झन्कदा
देशको माटो सम्झिदा
गौरबिलो सगरमाथा याद आउदा
वीर गोर्खाली सपुतको गित गाउदा
मन यो भक्कानिन्छ
तन यो पग्लिन्छ
बिचार सगै मौनता भेटिन्छ
त्यसैको प्रहारमा बिचार यो तडपिन्छ
अखण्डको ईतिहास सोच्दै
आउदो पोर्खोलिको भाग्य खोज्दै
तिनले पाउने राष्ट्र देख्दै
बेखबर जनताको मन हेर्दै
हिर्दय यो भकानिन्छ
सोच यो टन्किन्छ
बिचार मेरो रन्किन्छ
अनि तन बदन मेरो सन्किन्छ
उठ हे उठ वीर गोर्खाली
वीर नेपालीका तिमी पुर्खौली
समयको मागलाइ हेर
आमाको भाग्य तिमी केर
उठाउ मशालको ज्वाला
गर तिमिलाइ त्तस्मा हवाला
अखण्डको नारा घन्काउ
मशालको ज्वाला दन्काउ
सोच र बिचार तिम्रा देखाउ
खुनको उबाल हेराउ
सरकारी तन्त्रलाइ देखाउदै
साहास तिम्रो प्रर्दसन गराउदै
अखण्डको ईतिहास केराउदै
नेपाल आमाको भाग्य डोराउदै
नशा तिम्रा पडकाउ
भावना तिम्रा कडकाउ
सोचलाइ भटकाउ
प्रण गर अखण्ड नेपाल हाम्रो
चार जात छत्तिस वर्ण राम्रो
आगान छ त्यसैको रमाईलो
सुर्य चन्द्र छ हाम्रो घमाईलो
अख्ण्ड नेपाल नै प्यारो
नेपाल आमानै न्यारो ।।।।।

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा. ४ नवलपरासी
हाल।दुबई युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *