लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले
सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले
गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा
साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले
नातावाद, कृपावाद स्वार्थ चुक्ली साझा रोगी
कुर्सीप्रेमी, सत्तामोही जलिरन्छ शान्तिको नामले
रुवाएर आमालाई देशप्रेमी मखुण्डोमा
मालिक अँझै निर्धोलाई दलिरन्छ शान्तिको नामले
सीमापारि, चितवन माडी, टीकापुर रगत बग्दा
आदर्शको बुद्ध वाणी गलिरन्छ शान्तिको नामले
रमेश भट्टराई सहृदयी