Skip to content

त्राहीमाम ! (लघुनिबन्ध)


ए आमा ! तपाईंले कस्तो छिमेकी जोड्नुभयो ? ऊ हाम्रा लैना गाई–भैंसी ललाईफकाई लग्छ । नदिए धम्क्याउँछ । त्यत्तिले नपुगे छक्याउँछ । र, जसरी होस्, आफ्नो पारेरै छाड्छ । दूध–घिउ आफू खान्छ । मोही–मल भने चर्को मूल्यमा हामीलाई दिलाउँछ । हाम्रै खेतबारीको धान लग्छ, चामल बनाएर हामीलाई नै बेच्छ । हामै्र खोलाको पानी भर्छ र पानीको जार हामीलाई नै थम्याउँछ । हामीबाटै मोटो रकम कुम्ल्याउँछ ।

सामु मीठो बोल्छ, भित्रभित्रै कुटुकुटु काट्छ । उसले खटाएको नकिने गाँस बन्द पार्छ । अकालमै मृत्युलोक सवार गराउन सास बन्द गर्छ । त्यो स्वभाविक पनि हो । किनभने आमा ! तपाईंका केही सन्तान भाडामा उसकै हलो जोत्छन् । केही उसकै सितन–रक्सी धोक्छन् । ‘नमक हराम नही बन्ना हैं’ भन्दै उसकै इसामा रुमालचोरी खेल खेल्छन् ।

त्रासको जरो बलियो बन्दै छ । धुन्धुकारी छिमेकीले हाम्रो आकास खसालेर धर्ती फुटाउँछ भन्ने जगजगी छ । यो पिढीं त्राहीमाम हुँदै हरिनाम जप्न वाध्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *