Skip to content


म कुरी रहेको छु नयाँ बर्ष तिमीलाई
पूर्णिमाको जून बनी तिमी आउ
हिंसा र हत्याको राप र ताप्ले पिल्सेकोछ नेपाली जनता
त्यही जनताको घाउमा माल्मरुपी सितल्त छाउ!
गुराश हासे झै मुस्कुराउदै आउ नयाँ बर्ष तिमी
दु:ख र रोदनको भुमरिमा परेको जनतासाथ
ति काला दिनहरुलाई पाखा लगाउनु पर्छ नया बर्ष
हामी एक भइ मिलाई हात!
बुद्दरुपी शान्ता बनी आउ तिमी नयाँ बर्ष
सम्झाउनु छ तिमीले घमण्डी र मुर्खजन लाई
चारईतिर बाट लुछ चुडी टुक्रदै छन हाम्रो नेपाल
बचा उनु छ तिमीले हिमाल्,पहाड्,तराई हरियो बनलाई
सुख्,शान्ति,बिकास समृदी नेपाल
हामी सबैको चाहना
नयाँ बर्ष २०६६ सालको उपलक्षमा
सबै नेपालीमा सुख शान्ति रहोश मेरो कामना ।

राजेश रुम्ब लामा,g4S दोहा कतार्,
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *