Skip to content

पावरबिना मान्छे

JhalakPaliJharana-02


पावरबिना मान्छे न उता न यता हुँदो रहेछ
लागौं या नलागौं दुवै बाध्यता हुँदो रहेछ

म त भन्थे इमान्दारिताले मान्छे जरुर उँभो लाग्छ
तर यहाँ छलकपटले मान्छे नेता हुँदो रहेछ

अविछिन्न लाग्ने मान्छे पिछ लग्गु बनिरहने
अवसर छोप्न जसले सक्छ त्यो विजेता हुँदो रहेछ

अनपढको पहुँचमा विद्वानले घुँडा टेकेपछि
न नैतिकता ठूलो न योग्यता हुँदो रहेछ

घरी यता घरी उता जता पनि ठिक्क बन्ने
न कुनै संस्कार छ, न सभ्यता हुँदो रहेछ
लागौं या नलागौं दुवै बाध्यता हुँदो रहेछ

झलक पाली ‘झरना’
सिलगढी, डोटी
रचना मिति : २०७३ फाल्गुन २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *