Skip to content

मायाको इतिहास रचाउँछु भन्थे

ShishirBogati


मायाको इतिहास रचाउँछु भन्थे
उसैसित सपना सजाउँछु भन्थे

कति मिठा लाग्थे हरेक कुरा उसका
प्रेम सागर सँगै तराउँछु भन्थे

मुखले मिठो बोली दिलमै प्रहार गरी
ऊसितै जीवन कटाउँछु भन्थे

दुई दिनमै नाता तोडेर गई ऊ
उसैको प्यारमा रमाउँछु भन्थे

सिन्दुर लगाई पराई भै बैगुनी
मेरै हातले सिन्दुर लगाउँछु भन्थे

शिशिर बोगटी
गगुडा–१, डोटी
हाल अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *