Skip to content


पढौँ पढौँ भाइ बहिनी राम्रो शिक्षक बनौँ
राम्रो शिक्षक बनीकन सगरमाथा चढौँ
पढौँ पढौँ भई बहिनी राम्रो विकास गरौँ
अन्धकार यो देशलाई जगमग पारौँ

पढौँ पढौँ भई बहिनी इन्जिनिएर पास गरौँ
विदेशको भाइ बहिनी आउने बाटो टारौँ
पढौँ पढौँ भाइ बहिनी यो देश राम्रो पारौँ
अन्धकार यो देशलाई झिलीमिली पारौँ

पढौँ पढौँ भई बहिनी डिग्री पास गरौँ
विदेशको जस्तो विकास नेपालमा गरौँ
कोही पढौँ शिक्षकमा कोही पाटपुर्जामा
कोही पढौँ इन्जिनियरमा कोही नियम कानूनमा

पढौँ पढौँ भई बहिनी हिमशिखरमा पुग्न
यति नहुदा भाइ बहोनी यो देश गयो डुब्न
लडाइँमा नजाऊ दाजु भाइ लागि
लडाइँ जति गर्छौ कर्म जान्छ भागी

पढौँ पढौँ भाइ बहिनी यो देश राम्रो बन्न
अँझै पनि बाँकी छ है यो देश राम्रो पार्न
विद्याना बन्नु पर्छ यो देशका लागि
हाम्रो यो देश नजाओस है पछाडि भागी

पढौँ पढौँ भई बहिनी सारो गरी घोकी
धेरै राम्रो पढ्यो भने यो देश बन्ने हो कि ?
क्रान्तिमा लड्यौ हामी जनतामा दुःख
क्रान्ति सफल भएपछि पाइन्छ सुख

देश पुग्यो धरातलमा मान्छे अन्धकारमा
यस्तो भयो भने देश कहिले हुने पारमा
४६ सालबाट लिएर ६७ साल सम्मै
नेपालको नियम कानून अन्धा भयो जम्मै

Leave a Reply

Your email address will not be published. Required fields are marked *