Skip to content


आमा ।
मेरी पुज्य आमा ।
माटो र त्यो पाउबाट टाढा भए नि
मैले आफ्नो शिर राखेँ ।
मेरो माटो र त्यो पाउमा ।

आमा
हाम्रो आगनको डिलमा मैले र तिमीले
सधैँ सङ्गै होउन् भनेर रोपेको
त्यो सुन्तला र धुपीको बोट
बाबाले धुपिलाई सारेपछि
पालुवा खेल्नै छोडेको सुन्तला
वसन्त सङ्गै पालुवा खेल्न थाले कि ?
कि तिमीले जस्तै ?
याद गर्दागर्दै पलाउन छोडेका छ्न् आमा ?

तिमीले आफ्नो जीवन सादा सहेरै पनि
त्यो धारापानीको पण्डितको घरबाट
मागेर रोपेको त्यो लहरे फूलको बोटमा
फूलहरू हाँस्ने बेला

गमलामा मुस्काउने त्यो बाबरी बोट्
जरैदेखि खाइदिदा
बदलामा मैले पिट्दा मेरो छेउ आउन डराउने
त्यो लाम्काने खसि बेचीदिँदा
लाम्काने बाख्रीले घाँस खाना छोडेकी थिई
लाम्काने बाख्रीले घाँस टिपिन् कि ?
कि तिमीले जस्तै
सन्तानको पिरमा भोकै बस्ने गरेकी छे आमा ?

जुन लागेको रात
घरको छानोबाट चुहिएको उज्यालोलाई
बिहान सम्झेर मध्यरातमा बास्ने भाले
अँझैँ त्यसरी नै बास्छ कि ?
कि तिमीलाई दुख सहने बानी परे जस्तै
भालेलाई पनि उज्यालो सहने बानी परेर
बास्नै छोड्यो आमा ?

छेउ र भित्ता सिकाउदै गर्दा
हलो थिच्ने हाम्रो बाबालाई हलोले नै थिच्दा
रिसाएर लौरा मारेपछि झन् बदमासीने
काले र दार्मे बहरहरू
उस्तै बदमासी गर्दैछ्न् कि ?
कि तिमीले जस्तै छेउभित्ता गरी पाखो बनेर
मेला समाएर हिन्छ्न् आमा ?

गुँरासका यौवन चुसेर
आफ्ना गुँडका चाकामा
मह भर्ने त्यो माउरीहरू
मैले जस्तै घरकै लागि
कोसौं टाढा गएर कर्म गर्दै छ्न् कि ?
कि जति गरेनी आफू भोको
अरुको पेटमात्र भरेको देखेर
मैले आँसु खसालेर पछुताए जस्तै पछुताएर
कर्म गर्न छोडेका छ्न् आमा ?

आमा
यहाँ पनि वसन्त ऋती आएको छ
जसरी हाम्रो घरमाथिको पाखामा आएको छ
यहाँ पनि पालाउन थालेका छ्न्
मरेका आसाहरू
मरेका पालुवाहरू
झरेका पातहरू
सुकेका हाँगाहरू
जसरी यामपाखाको छातीभरी
उभिएका बोटहरू पलाएका छ्न्
तर आमा तिम्रो मनमा जस्तै
मेरो मनको पाखाभरी
अँझै पालाएका छैनन् आमा
कुनै खुसीका पालुवाहरू

सुकेका बोटहरू हरिया देखिन थालेका छ्न्
तर उस्तै छ मेरो भावनको बोटहरू
नाँगिएका डाँडाहरू
पहेँलिरहेका छ्न्
तर पनि उस्तै छ आमा
मेरा मनका पाखाहरू
आकासहरू खुलिरहेक छ्न्
तर पनि उस्तै छ मेरो मुहरको आकास
पबनहरू सुगन्धित भएका छ्न्
तर पनि उस्तै छ्न् आमा
मेरो सपनाका पबनहरू
जस्तो तिम्रा छ्न्
त्यस्तै आमा ।

उही तिम्रो छोरो
यामादास घायल ‘सन्तलाल’
कुहिरो भित्र(द. कोरिया)बाट
12, Mar, 2017

मझेरीमा प्रथम पटक प्रकाशित 2017-03-13 10:31:22 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *