Skip to content

तीन मुक्तक (चाहेको कुरा पुग्दैनन्)


१,
चाहेको कुरा पुग्दैनन् किन होला
आँखामा आँसु सुक्दैनन् किन होला ?
यो परदेशमा पलपल मर्दैछु साथी
बुझ्नेले कुरै बुझ्दैनन् किन होला ?

२,
आफ्नाहरू टाढा हुँदा पीडासँग प्यार हुन्छ
सोंचेको थें तपस्याले बानीहरू सुधार हुन्छ
जैले देखि पैसा छाप्ने मेशिन सम्झे मलाई
यो स्वार्थी दुनियाँमा बाँचेको धिक्कार हुन्छ ।

३,
मेरा आफ्ना सबै दावा गलत साबित हुन्छ
म बाँचेको भ्रममा थें मरेको प्रमाणित हुन्छ
एक्लै छु म फगत एक्लो आफन्तकै बीचमा
स्वार्थी बन्न सकिन मृत्यू प्रायस्चित हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *