Skip to content

अष्ट्रेलियामा भव्यताका साथ साहित्य कार्यक्रम सम्पन्न

20170319_MaheshworSharma-News


२० मार्च २०१७
सिड्नी, अस्ट्रेलिया

अनेसास एनएसडब्लु अष्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा “अनेसास रिजनल, टुर- २०१७”भव्यताका साथ सम्पन्न:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एनएसडब्लु अष्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा “अनेसास रिजनल, टुर- २०१७”भव्यताका साथ सम्पन्न भएको छ । २०१७ मार्च १८ शनिबार सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहने थूप्रै साहित्यकारहरू र अष्ट्रेलियाको राजधानि क्यानबेरामा रहेका साहित्यकारहरुको बेजोड साहित्यिक प्रस्तुतिसँगै ठूलो जमघट रह्यो ।

सिड्नीस्थित क्याम्सिबाट क्यनबेराको यात्रा :

शनिबार बिहान करिब ८:३० बजे सिड्नीमा रहने साहित्यअनुरागीहरूसँगै सिड्नीस्थित क्याम्सिबाट तय गरिएको यात्रा क्यानबेरा नपुगुन्जेल साहित्यमय बन्यौ । बस खचाखच भरिएको थियो, सबैले हातमा रचना लिएका थिए, चौध वर्ष उमेरकी बालिका देखि ७० वर्ष सम्मका बुबा आमाको उत्साहजनक उपस्थित रहेको त्यो माहोल बेग्लै र रोचक बन्यो । अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले बसमा साहित्यिक माहोललाई थप रोचक बनाएका थिए । सापकोटाले गीतको लयमा सबै सहित्यकारहरुलाई रोचक शैलीबाट सम्बोधन गर्दै यात्रा यादगार बनाए । अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले बसमा रहने सबै साहित्यकारहरुलाई स्वागत गर्दै क्यन्बेरा टुरको बारेमा जानकारी दिइन, अध्यक्ष घिमिरेले यात्रामै ग्रहण कविता संग्रहबाट चोटिलो कविता वाचन गरेकी थिइन । सोही यात्राकै क्रममा बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी, साहित्यकार केदार पोखरेल, अनलाइन खबरबाट पत्रकार मनऋषि धिताल, साहित्यकार सुरेन्द्र दवाडी, आलोक कोइराला, निरज जोशी, देव पाठक, सजल नयन, प्रविन टन्डन, सीमा रोसि, अनेसास एनएसडब्लुका उपाध्यक्ष तथा गायक विकास उप्रेती अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा, अनेसास एनएसडब्लुका सचिव दिपक निरौला, कोषाध्यक्ष ममता तिवारी, इन्द्र आचार्य तथा थुप्रै साहित्यअनुरागीहरुले रचना वाचन गरेका थिए । सोही यात्राकै क्रममा मादलको धुनमा गायक विकास उप्रेतीले गीतगाएका थिए ।

हिउजेज कम्युनिटी हल हियुजेज क्यनबेरामा सबै साहित्यकारहरू सहित रचना बाचन :

सोही दिन क्यानबेरा पुगेको बसबाट ओर्लिएपछि सोही समूह र क्यानबेराका साहित्यानुरागीहरू बीच संयुक्त रुपमा हिउजेज कम्युनिटी हल हियुजेज क्यनबेरामा एक दिने वृहत रचना बाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । सो रचनावाचन कार्यक्रममा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेको सभापतित्व रहेको थियो भने कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत राजेन्द्र पान्डे प्रमुख अतीथी हुनुहुन्थ्यो । विशेष अतीथी ध्रुव हरि अधिकारीले आफ्नो रचना वाचन गर्दै यस्ता साहित्यिक कार्यक्रमले नेपालीभाषालाई मलजल गर्न मद्दत पुग्ने बताउनुभयो । कुईवि क्यानबेरा एसिटीका संयोजक युवराज खनियाको स्वागत मन्तव्य पछि रचना वाचन सुरु भएको थियो । सो कार्यक्रममा साहित्यकार केदार पोखरेल, बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी, साहित्यकार केदार पोखरेल, अनलाइन खबरबाट पत्रकार मनऋषि धिताल, साहित्यकार सुरेन्द्र दवाडी, आलोक कोइराला, निरज जोशी, देव पाठक, सजल नयन, प्रविन टन्डन, सीमा रोसि, अनेसास एनएसडब्लुका उपाध्यक्ष तथा गायक विकास उप्रेती अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा, अनेसास एनएसडब्लुका सचिव दिपक निरौला, कोषाध्यक्ष ममता तिवारी, इन्द्र आचार्य, राम चन्द्र अधिकारी (वनवासी), दक्ष राज शर्मा, यज्ञमूर्ति अधिकारी, ओमराज अधिकारी, खगेन्द्र प्रसाद रेग्मी, सिद्दी विनायक, सिर्जना थापा, महेश वशिष्ठ, शकुन्तला देवकोटा लो आ-आफ्नो रचना वाचन गरेका थिए । सोहि दिन क्यानबेरामै अनेसास क्यानबेरा च्याप्टर बिस्तारको निम्ति सिद्दी विनायक अधिकारीलाई संयोजक चुनियो । क्यानबेराका नेपाली समुदायका अगुवा कृष्ण हमाल सहित अन्य महानुभाव हरुको कार्यक्रममा सहभागिता रहेको थियो .

विश्व शान्ति परिषदका शान्ति दूत भीमसेन सापकोटा (आचार्य राजन शर्मा)अभिनन्दित:

सोही कार्यक्रममा विश्व शान्ति परिषदका शान्ति दूत भीमसेन सापकोटा (आचार्य राजन शर्मा)लाई अभिनन्दन गरियो । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विश्व शान्ति परिषदको शान्ति दुतमा नियुक्त हुनुभएकोमा बधाई दिंदै सम्मान गरिएको हो । उहांलाई अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरे र प्रमुख अतीथी अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत राजेन्द्र पान्डेले संयुक्त रुपमा सम्मान पत्र र खादा लगाई सम्मान गर्नुभयो । सम्मानपश्चात भीमसेन सापकोटाले सम्बोधन गर्दै यो सम्मान सबै नेपालीकै रहेको बताउनुभयो उहांले आफ्नो रचना समेत वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतीथी अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत राजेन्द्र पान्डेले सो कार्यक्रममा सम्बोधन गर्दै नेपाल र अष्ट्रेलियाको दुरी अब नेपाली साहित्यले घटाउन सक्ने बताउनुभयो । यस्ता साहित्यिक टुरले नेपाली भाषा र साहित्यलाई विश्वभर फैलाउन मद्दत पुग्ने पनि बताउनुभयो । अनेसास एनएसडब्लु र एसिटीको यो प्रयासलाई सर्हानीय गर्दछु भन्नुभयो । साथै उहांले अनेसास प्रति सदैव सहयोग रहिरहने पनि बताउनु भयो ।

सो कार्यक्रमकी सभापति तथा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले सबै साहित्यकारहरु, संस्थाका सबै पदाधिकारीहरु, स्पोन्सर दाता, कुइनबि क्यानबेरा एनआरएनए एसिटीका संयोजक युवराज खनिया प्रति विशेष आभार प्रकट गर्दै धन्यवाद दिएकी थिइन । साथै अध्यक्ष घिमीरेले आफ्नो रचना समेत वाचन गरेकी थिइन । सो कार्यक्रमको संचालन अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए । कार्यक्रम सकिए लगत्तै पुन बसको सिड्नी यात्रा विभिन्न् रचना तथा संगीतले अत्यन्तै सम्झन योग्य रहेको कुरा सहभागीहरुले बताए ।

महेश्वर शर्मा
महासचिव
अनेसास, सिड्नी, अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *