सोच र मानसिकताको अन्तर खोज्दै छु
परिवर्तनको नाममा हुने मतान्तर खोज्दै छु
रम्ने रमाउने माहोलको उत्पतिसँगै
सिर्जित वातावरणको छाडातन्त्र खोज्दै छु
छाडातन्त्रले दिएको स्वप्नमा हुम्मिने गर्दा
त्यसको मूलतत्वको मूलमन्त्र खोज्दै छु
मुलमन्त्रसँगै मूलतत्वको मूल्यांकनसँगै
देखिएको अनुपम कोशेलीको स्वतन्त्र खोज्दै छु
कोशेलीसँगै ग्रहण गरिएको प्रसादरुपी
२१सौ शताब्दीको समानान्तर खोज्दै छु
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई