Skip to content


के थाहा ?
उसले दिएको माया
विष रहेछ भनेर

के थाहा ?
उसले गरेको दया
झूटो भनेर

के थाहा ?
उसले गरेको व्यवहार
नक्कली भनेर

के थाहा ?
उसले बोलेको बोली
बनावटी भनेर

के थाहा ?
उसले हेरेको नजर
कू भनेर

के थाहा ?
उसले दिएको साथ
धोखा भनेर

के थाहा ?
उसले गरेको सहयोग
निन्दनीय भनेर

के थाहा ?
उसले गरेको स्पर्श
इज्जतको खेलबाड भनेर

(समाप्त)

Leave a Reply

Your email address will not be published. Required fields are marked *