Skip to content

रिसाउली


भनेपछि रिसाउली पयाच्च भन्नै सकिन
पराईसँग जस्तै कठोर बन्नै सकिन

रोएर कुरा गर्छ्यौ मन कति कुदाएर
चपाई कुरा कति राखु चल्नै सकिन

प्रयत्नरत छन् तिम्रा लागि मेरा दश औंला
अमिलो मन पीडामाथि जल्नै सकिन

धेरै आए बिपत्तिका दिनहरू उफ्री-उफ्री
बिषमताको पलमा आफै बल्नै सकिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *