Skip to content


कस्तो छ गाउँले ?
यस्तै त छ हेरिहाल्यौ !

सम्झना बिर्सना सलल झन झन बढ्यो तिर्सना सलल
मायाको डोरीले तिमीलाई बाँधुला
दिलको मोटरकारमा तिमीलाई चढाउला

यो गाउँमा यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दा रैछन् रे
गुनगुनाउने भुनभुनाउने वैंशालु भमरा डुल्दा रैछन् रे
ए मुगलिन् झरेसि, मज्जा आउला रेलिमाई टडक चढेसि

पहिलो भेटमा साइनो जोड्ने मायालु भनाउँदा जाली हुन्छन् रे
आकाशैको जूनतारा मुखैले धरतीमा झार्छु भन्छन् रे
कर्के आँखाले लाउनेले हृदयमा पिरतीमा साँच्ने गर्छन् रे
ए मुगलिन् झरेसि, मज्जा आउला रेलिमाई टडक चढेसि

शब्द, संगीत – सम्भुजीत बाँसकोटा
स्वर – उदितनारायण झा, दीपा झा, सम्भुजीत बाँसकोटा
चलचित्र – ट्रकड्राइभर

Leave a Reply

Your email address will not be published. Required fields are marked *