Skip to content


खुशी हुनेहरू हुँदै गर्छन्
मजाक बनाउनेहरू बनाउँदै गर्छन्
हो गल्ती त भयो
बुझ्नेहरुले बुजिहाल्छ्न
नबुझ्नेले कुरा काट्छ्न्
यो मन मनाउन खोजे
धेरै पटक बुझाउन खोजे
न मान्न सकें
न सत्यबाट भाग्न सकें
उस्को त्यो निश्चल प्रेम
न त भुल्न सकें
खोजे हटाउन दिलबाट
अनि खोजे बिर्सिन मनबाट
न बिर्सिएर बिर्सन सकें
न हटाएर हटाउन सकें
किनकि मलाई थाहा थियो
उस्को प्रेम निस्वार्थ थियो
मनबाटै थियो
अहिलेको जस्तो देखावटी जस्तो
दुई-चार दिनको थिएन
जन्म-जन्म को थियो
म नचाहँदा-नचाहँदै
थाहै नपाई
चुर्लुम्म डुबिसकेछु ऊभित्र
अनि बल्ल थाहा पाएँ
म उस्को बनिसकेछु
हल्लाहरू सुनिदै गए
कोही खुशी भए
कोही दुखी भए
कुरा काट्नेको जमात नि भेटियो
मलाई फरक परेन
मैले एउटा प्यार पाएँ
एउटा सच्चा दिलदार पाएँ
त्यसैले जस्ले जे सुकै भनून
जिन्दगी मेरो हो
जीवन बिताउने मैले हो
मलाई जस्ले मनमा राख्यो
पवित्र दिलमा राख्यो
हो म उसैको बनें ।

रञ्जना न्यौपाने
चरीकोट,दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *